ग्लोबल आईएमई बैंकद्वारा न्यानो कपडा वितरण
काठमाडौं । ग्लोबल आईएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालयले बैंकको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा सहयोग गरेका हुन् ।
सहयोग सामाग्री प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले हस्तान्तरण गरे ।