सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल अर्थोपेडिक हस्पिटलबीच सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले नेपाल अर्थोपेडिक हस्पिटलमा आवद्ध चिकित्सक, तथा स्थायी कर्मचारीहरुलाई १५ लाख रुपैयाँसम्मको प्रोफेशनल कर्जा दिने भएको छ । त्यसको लागि बैंक र अस्पतालबीच हस्ताक्षर भएको छ ।
आयोजित कार्यक्रममा बैंक प्रमुुख जोखिम अधिकृत निर्मल कुमार श्रेष्ठ र हस्पिटलका मेडिकल डाइरेक्टर डा.युवराज खरेलले हस्ताक्षर गरेका छन् । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपभोग गर्न सकिने छ ।
बैंकका सेवाग्राहीहरु, खातावालाहरु, संस्थापक शेयरधनीहरु, कर्मचारी तथा कर्मचारीका परिवारलाई हस्पिटलमा उपचार गराउँदा बिशेष छुटको ब्यवस्था रहेको छ ।