८ वटा विकास बैंक र २ वटा फाइनान्स कम्पनी पनि आटीजीएसमा आबद्ध
काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा राष्ट्रियस्तरका सबै विकास बैंकहरु र २ वटा फाइनान्स कम्पनी आवद्ध भएका छन् ।
यससँगै आरटीजीएस प्रणालीमा आवद्ध हुने बैंक तथा वित्त कम्पनीहरको संख्या ३७ वटा पुगेको छ ।
आवद्ध भएका विकास बैंक र फाइनान्स कम्पनीहरुले शुत्रबार (आज) देखि आरटीजीएस प्रणालीबाट कारोबार शुरु गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसअघि नै सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरु प्रणालीमा आवद्ध भइ कारोबार गरिहेको थिए ।
जसमा राष्ट्रियस्तरका विकासहरु ज्योति विकस बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साइनरेसुङ्गा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंक छन् । साथै, आरटीजीएस प्रणाली सहभागीभइ आजेबाट कारोबार गर्नेमा आइसिएफसि फाइनान्स र मञ्जुश्री फाइनान्स पनि हुन् ।