सिटिजन्स बैंकका ग्राहकले होटल अकामामा विशेष छुट पाउने
काठमाडौं । सिटिजन्स बैंकको कार्ड प्रयोग गर्ने ग्राहकले अकामा होटलमा छुट पाउने भएका छन् ।
बैंकका कार्डवाहक ग्राहकलाई होटलको सेवा शुल्कमा विशेष छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पछि बैंकका डेबिट-क्रेडिट-प्रिभिलेज कार्डवाहक तथा कर्मचारीका साथै संचालक समितिका सदस्यले होटल अकामाका विभिन्न सेवामा विशेष छुट पाउँनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले १०९ वटा शाखा, ९८ वटा एटिएम र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।