सुनको मूल्य प्रतितोला ९ सयले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएकोमा बुधबार घटेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९३ हजार ५ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु