सरकारले बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगायो



काठमाडौं । सरकारले बेलायतबाट नेपाल आउन रोक लगाएको छ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएको भन्दै त्यहाँबाट नेपाल आउने प्रतिबन्ध लगाएको हो ।

मंगलबार नागरिक उड्डयन प्राधिकरण नेपाल (क्यान)ले एक सूचना जारी गर्दै उक्त निर्णय गरेको हो । क्यानले २६ वटा एरयलाइन्सलाई सम्बोधन गर्दै यात्रु ल्याउन रोक लगाएको हो । क्यानले बेलायतबाट आउने र त्यहाँ ट्रान्जिट भइ आउने यात्रु ल्याउन प्रतिबन्ध लगाएको हो ।

यो निर्णय बुधबारदेखि लागू हुनेछ । हाल बेलायतमा ५० वटा देशले बेलायतमा हुने उडानमा रोक लगाइसकेका छन् । युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावतमा रोक लगाइसकेको छ ।

 


क्लिकमान्डु