हिमालयन डिस्टिलरी लिमिटेडले शतप्रतिशत लाभांश दिने



काठमाडौं । हिमालय डिस्टिलरी लिमिटेडले सेयरधनीहरुलाई शतप्रतिशत लाभांश दिने निर्णय गरेको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पुँजीको ५० प्रतिशत बोनस सेयर र ५० प्रतिशत नगद लाभांश (कर प्रयोजनाका लागि) गरी १०० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीका अनुसार पुस १६ गतेसम्म कारोबार गरी सेयर खरिद गरेका लगानीकर्ताले लाभांश पाउने छन् भने सेयरधनीहरुले साधारणसभामा भाग लिन पाउने छन् ।


क्लिकमान्डु