सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएकोमा शुक्रबार बढेर ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९३ हजार ८५० रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु