नेपाल सेफ सोसाइटी युएईद्वारा खाद्यान्न तथा अन्य सामग्री सहयोग



काठमाडौं । नेपाल सेफ सोसाइटी युएईले कोभिड पीडित नागरिकलाई लक्षित गरी काठमाडौंको खुलामञ्चमा निःशुल्क खाद्यान्न तथा अन्य आवश्यक सामग्री सहयोग गरेको छ ।

सोसाइटीले नेपाल सेफ्स एशोसिएसनका उपाध्यक्ष शिवहरि घिमिरलेमार्फत् उक्त खाद्यान्न तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरेको हो ।

सहयोगी संस्थाका अध्यक्ष श्याम अमागाईको बिशेष पहलमा केन्द्रीय कोषाध्यक्ष राजकुमार गिरिले कोभिड १९ का कारण प्रभावित बनेका अति विपन्न वर्ग, सडक बालबालिका र सर्वसाधारण जनतालाई सहयोग पुग्ने गरी सहयोग गरेका हुन् ।

दुवईस्थित नेपाल सेफ सोसाइटीले नेपाली खानाको विश्वभर प्रचार गर्दै आएको छ । सहयोग हस्तान्तरण गर्दै नेपाल सेफ सोसाइटी युएईका अध्यक्ष अमागाईले आफू सक्दो सहयोग गरी मानवता बचाउन आग्रह गरे ।

त्यसैगरी सोसाइटीले दिएको सहयोग बुझ्दै सेफ्स एशोसिएसनका उपाध्यक्ष घिमिरेले सहयोगी मनहरुका कारण आफूहरु विपन्न वर्गको सेवामा लाग्न निकै सजिलो भएको बताए । साथै उनले यस्ता सहयोगी मनहरुकै कारण संसारमा मानवता नहराउने बताए ।

उपाध्यक्ष घिमिरेले कोरोनाका कारण लकडाउन भएदेखि नै विभिन्न ठाउँमा निःशुल्क खाना तथा अन्य सामग्रीमार्फत् पीडितहरुको सेवा गर्दै आएका छन् । उनले भिन्न–भिन्न ठाउँमा निःशुल्क खाना तथा अन्य सामग्रीमार्र्फत पीडितहरुको सेवा गर्दै आएका छन् ।


क्लिकमान्डु