सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकोमा बिहीबार बढेर ९३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९३ हजार ५० रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु