रोमाञ्चक पर्यटकीय गन्तव्य जहाँ संसारका पर्यटक पुग्न मरिहत्ते गर्छन्, कति पर्छ एकरात बिताउन ?



काठमाडौं । मानिसका चाहना पनि अनेकन खालका हुन्छन् । जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै मानिसले संसारभर नै पैसा कमाउने सोख पनि अनेकन राखेका हुन्छन् । उनीहरुले नयाँ नयाँ प्रकारको सेवा पनि दिने र टन्न पैसा पनि लिने सोचका साथ काम गरिरहेका छन् ।

जहाँ रमाइलो हुन्छ र आनन्द प्राप्त हुन्छ, त्यही नै मानिसले दिल खोलेर पैसा समेत खर्च गर्ने गरेका छन् । कोही समुन्द्री किनारमा पुगेर आनन्द लिन्छन् भने कोही हिमालको टाकुरामा पुगेर पनि आफूलाई भाग्यमानी ठान्छन् ।

कोही साइबेरिया पुग्छन्, भने कोही हवाई । कोही गोवामा पुगेर समन्द्रसँग लुकामारी गर्छन् त कोही सांघाई पुगेर रमाइलो गर्छन । यो विगतको कुरा थियो । आगतमा पनि त्यस्तै अवस्था आउला । तर पछिल्ला दिनमा संसारभर नै कोरोनाका कारण सबै प्रकारका व्यवसायमा समस्या पैदा भएको छ । मानिसहरु घरबाट बाहिर ननिस्कने अवस्थामा पुगेका छन् । उनीहरुले आफनो यात्रालाई सबैभन्दा कम गर्ने प्रयास गरेका छन् ।

तर असाधारण गुण र सुविधा भएका संसारका त्यस्ता केही गन्तव्य तपाईका लागि पर्खेर बसेका छन् । ती असाधारण गुण भएका र केही दिनका लागि भाडामा समेत लिन सकिने स्थानले तपाईको आगामी भ्रमणलाई थप सार्थक बनाउने प्रतिक्षा समेत गरेका छन् ।

ती स्थान वास्तवमै केहि पेचीला, कूल र बस्दा अनौठो अनुभव गर्न सकिने ठाँउ पनि रहेका छन् । एक बसाईका लागि तपाई त्यस्ता स्थानको बुकिङ गर्न समेत सक्नुहुन्छ । त्यस्ता स्थान रहेको फरक संसार एक रोमाञ्चक यात्राका लागि समेत सुरक्षित स्थानका रुपमा परिचित छ ।

तपाईले वाइन ब्यारेल, आइसक्रीम आकारको पोखरी, र एक हवाईजहाज पनि भाँडामा लिएर आनन्द उठाउन सक्नुहुन्छ । ती स्थानमा तपाईका लागि अनुसन्धानको समय पनि हुन सक्छ । त्यसले तपाईको यात्रालाई वास्तवकै रोमाञ्चक बनाइदिन सक्छ । तपाई जहाँबाट यात्रा शुरु गर्नुहुन्छ, त्यहाँ तपाईले आफूलाई थप अविस्मरणीय बनाउन सक्नुहुन्छ ।

अल्टिमेट हनिमून रिट्रीटः पोल हाउसको नामले परिचित रहेको अष्टे«लियाको एक स्थान तपाईका लागि रोमाञ्चक यात्रामा सहयोगी बन्न सक्छ । तपाईले त्यसमा भव्य चौकीहरू जस्ता आकर्षक घर पाउनुहुनेछ । त्यो समुन्द्रको किरानमा छ । जहाँ तपाईले आफना नवदुलहीसँग माया साटन पाउनुहुनेछ ।

आर्किटेक्ट फ्रान्क डिक्सनले उक्त असाधारण खालको संरचना बनाएको नाम राखेका छन् । जसलाई विश्वको एक असाधारण प्रेमी पार्कका रुपमा समेत लिन सकिन्छ । वास्तवमा समुद्रमा सिसाको पर्खाल लगाइएको एक मन्दिर जस्तो देखिन्छ । निलो समुन्द्र, निलो आकाश तथा मन्द घामले तपाईले तपाईलाई स्वर्ग कहाँ छ भनेर खोज्न जानै पर्दैन ।

त्यसमा एउटा शयनकक्ष, एउटा बाथरूम रहेको सो असाधारण संरचनामा बालबच्चा र घरपालुवा जनावर भने लेजान पाइदैन । त्यसको औसतमा एक रातका लागि ५९७ डलर खर्च हुनेछ । त्यो भनेको नेपाली रुपैयाँमा ७० हजार ५०७ हो ।

जादुमय होबिट एउटा संसारः यो संरचना अस्टिन नामले पनि चिनिन्छ । टेक्सासमा रहेको उक्त घरलाई ब्लूमहाउसको रूपमा परिचिय दिन सकिन्छ । एकल सीधा रेखा वा कुनाविना नै बनाइएको उक्त घरलाई १९७० मा युटी आर्किटेक्चरले सिर्जना गरेका हुन् । यसलाई समाजबाट टाढा जाने र एक स्मारकको रूपमा सिर्जना गरिएको थियो ।

मानिस र प्रकृति को सहअस्तित्वलाई एकाकार गर्नका लागि कडा मेहनतका साथ निर्माण गरिएको छ । यो एक प्रकारको त्यस्तो सम्पत्ती हो, जहाँ नयाँपन पाइन्छ । एक पटक बस्न योग्य छ र अन्वेषण गर्न तपार्यलाई सहयोग गर्दछ । सो घरमा रहनका लागि एक रातका लागि मात्रै ७३० अमेरिकी डलर तिर्नुपर्नेछ । त्यो भनेको नेपाली रुपैयाँमा मात्रै ८६ हजार २१५ बराबर हो ।

एउटा हवाईजहाजः यो दुई शयनकक्ष भएको हवाईजहाज घर हो । ७२७ मोडलको हवाई जहाजमा तयार पारिएको उक्त घर, प्रशान्त महासागर र कोस्टारिकको बीचमा रहेको छ । जहाजको भित्री भागलाई स्थानीय काठ तथा अन्य कला भरेर तयार पारिएको छ । जंगली जनावरहरु जस्तै बादरलगायत पनि अवलोकन गर्न सकिन्छ । यस्तै समुन्द्री तटमा पैदल यात्रा समेत गर्न पाइन्छ । सो जहाजे घरमा बस्नका लागि एक रातका लागि मात्रै ३६० अमेरिकी डलर तिर्नुपर्नेछ । त्यो भनेको नेपाली मुद्रामा मात्रै ४२ हजार ५१७ हो ।

वाइन ब्यारेलः अमेरिकको वाशिंगटनमा रहेको वास्तवमै रेड वाइन जस्तो लाग्ने घर पनि आकर्षक लाग्न सक्छ । एउटा डबल बेडको साथ ओभर साइजको वाइन ब्यारेल रहेको छ । घरमा जम्मा, एक राम्रो वाइन जस्तै लाग्ने पोखरी रहेको छ । तपाईंको रमाईलोको लागि बनाइएको उक्त स्थानमा गल्फ मैदान पनि नजिकै रहेको छ । प्रतिरात २५७ अमेरिकी डलर लाग्छ । त्यो भनेको नेपाली मुद्रामा ३० हजार ३५२ मात्रै हो ।

तपाईको आफ्नै महलः गराहल स्टेट नामले परिचित, यो महल वरमन्टको हकको माउन्टेनको वरपर रहेको छ । कूल ३०० एकड क्षेत्रफलमा फैलिएको सो महल हरियो पहाडकोबीचमा रहेको छ । कुकुर र एक परिवार दुई वा दुई परिवारलाई अद्वितीय रुपमा स्की खेल्नका लागि समेत उपयुक्त रहेको छ ।

तपाईंको आफ्नै सोचको पार्कः यो फ्लोरिडामा रहेको आइसक्रिमको आकारमा रहेको पौडी पोखरी रहेको छ । कूल ५२ जनाका लागि उपयुत्तः छ । ११ वटा शयनकक्ष र एक प्रभावशाली आइसक्रीम आकारको स्विमिंग पूलले तपाईले नयाँ अनुभव गराउनेछ ।

तपाईंले डिस्को लाइट, आउटडोर थिएटर, इनडोर साउनालगायतका सुविधा पनि पाउनुहुनेछ । त्यसका लागि एक रातको १ हजार ४४५ अमेरिकी डलर खर्च गर्नुपर्नेछ । त्यो भनेको नेपाली मुद्रामा मात्रै १ लाख ७० हजार ६५९ हो ।

कोलोराडोको एक ऐतिहासिक चर्चः यो १०० वर्ष पुरानो मिशन शैलीको चर्च हो । जहाँ छ वटा बेडरूमको साथ २२ जनाले रात बिताउन सक्छन् । तपाईले केलाई धेरै मन पराउनु हुने सो चर्चको संरचना असाधारण रहेको छ ।

पर्याप्त मात्रामा रहेको आउटडोर स्पेसले ठूलो जमघटहरूको लागि राम्रो विकल्प दिनसक्छ । एकरातका लागि कूल १०९२ अमेरिकी डलर लाग्नेछ । त्यो भनेको नेपालीमा १ लाख २८ हजार ९६९ मात्रै हो ।


पुष्प दुलाल