धनीहरुको हातमा कोरोना विरुद्धको खोप, गरिब देशले पाउन अझै वर्ष दिन लाग्ने
काठमाडौं । आर्थिक रुपमा सम्पन्न ठानिएका देशहरूले कोभिड १९ विरुद्धको खोप अनावश्यक रुपमा जम्मा पार्न थालेको भन्दै अलोचना शुरु भएको छ । गरिब तथा अल्पसंख्यक अर्थतन्त्र भएका देश र ती देशका जनताका लागि कोरोनाको खोप आकाशको फल आँखातरी मर भने जस्तै हुने अवस्था सिर्जना भएको छ ।
एक अन्तर्राष्ट्रिय विवरण अनुसार धनी देशले विभिन्न कम्पनीले बनाएका खोपहरू जम्मा गरिरहेका छन् र विकासशील देशलाई पछाडि छोड्दै हिडेका छन् ।
सिएनएनका अनुसार सिठिन भ्याक्सिन एलाइन्सले धनीका लागि मात्रै नभई गरिब जनताका लागि समेत सहज रुपमा खोप उपलब्ध गराउने वातावरण बनाउन विश्वव्यापी रुपमा आग्रह गरेको छ ।
बेलायतको राजधानी लण्डनको डेटलाइनमा सिएनएनले बुधबार प्रकाशित गरेको एक विवरण अनुसार संसारका झण्डै ६७ भन्दा बढी देशका जनताले कोरोना भाइरस विरुद्धको खोप सहज रुपमा पाउने सम्भावना असाध्यै कम रहेको छ ।
धनी देशहरूले आफ्ना जनसंख्यालाई तीन गुणा बढी खोप दिन पर्याप्त मात्रामा भण्डारण गरेका छन् । उनीहरुले खोप खरीद गरेको तथ्यांक र आगामी दिनका लागि चालिएको कदमका आधारमा उक्त विवरण अगाडि सारिएको हो ।
एक अन्तर्राष्ट्रिय खोप संस्थाले भनेको छ, गरिब तथा विकासोन्मुख देशहरू कोरोनाभाइरस महामारीको अन्त्य गर्न विश्वव्यापी रुपमा एकाकार भएर अगाडि बढनु आवश्यक छ । तर अहिलेको अवस्था हेर्दा स्थिती भने त्यस्तो देखिदैन ।
त्यसले एक प्रकारको असमानता र गरिबीको खाडलाई झनै गहिरो बनाउने अवस्था देखिएको छ । खोप उत्पादनमा लागेका देशले निश्चित प्रतिशत खोप निशुल्क गरिब देशका लागि उपलब्ध गराउने बताएपनि हालसम्म के कति मात्रा भन्ने खुलाइएको छैन । त्यसले कोरोना कहर ती देशका झनै भयावह भएर जाने अवस्था पनि आउन सक्छ ।
कूल ६७ देशका १० मध्ये १ जनाले मात्रै अर्को वर्षको अन्तयसम्मा खोप पाउने अपेक्षा गरिएको छ । त्यो सम्भावनाका बारेमा पनि पत्यारिलो परिदृश्य भने देखिएको छैन ।
किनकी खोप उपलब्ध भएर मात्रै हुँदैन, त्यसको भण्डारण र निश्चित तापक्रम जस्ता सीमाले पनि समस्या पारिदिएको छ । सिभिल भ्याक्सिन एलाइन्सका अनुसार यतिबेला धनी राष्ट्रले गरिब देशका जनतालाई समेत उत्तिकै माया गर्नुपर्ने बताएको छ । किनकी उनीहरु पनि खोपको आशामा छन् भन्ने बुझन ढिलाई गरिनु हुँदैन ।
विकसित संसारमा, जहाँ महामारीको पहिलो वर्ष र त्यसपछिका महिनाहरूमा खोप आपूर्ति आपूर्ति गर्न ठूलै उछलकुद शुरु भएको छ । ती देशमा खोप बचतको आदेश दिइएको छ । विश्वको जनसंख्याको केवल १४ प्रतिशत मात्रै हिस्सा ओगटने ती देशहरुमा हाल उपलब्ध खोपको आधा भन्दा बढी हिस्सा उपलब्ध गराउन खोजिएको छ । स्वामित्वका आधारमा हेर्दा पनि त्यस्तै देखिएको छ ।
त्यस्ता देशले खोप उत्पादक कम्पनीलाई आफना प्रविधि र बौद्धिक सम्पत्ति विश्व स्वास्थ्य संगठनको नेतृत्वमा वितरण गर्न समेत कुनै कन्जुस्याई गरिनु हुँदैन । गरिब राष्ट्रहरूलमा देखिने विनाशकारी कोभिडका कारण देखापर्ने आर्थिक असमानतालाई अन्त्य गर्न पनि विकसित देशका सरकार बढी जिम्मेवार हुनु पर्दछ । विश्व स्वास्थ्य संगठनले पनि सोही अनुसारको आग्रह गर्नुपर्नेछ ।
कसैलाई पनि जीवन बचाउने खोप लिनबाट रोकिनु हुँदैन किनकि उनीहरू बस्ने देश वा आफ्नो खल्तीमा पैसा नभएपनि उनीहरुलाई सम्मान गरिनुपर्ने एमनेस्टी इन्टरनेसनल, ग्लोबल जस्टिस नाउलगायत खोपमा काम गरिरहेको गठबन्धनले आग्रह गरेको छ । सोही समूहका एक जानकार अन्ना म्यारियट भन्छिन्– यो यतिखेरको पहिलो र महत्वपूर्ण प्रयास हुनुपर्छ ।
मंगलबार बेलायतले खो लगाउन शुरु गरेपछि पूर्ण निगरानी शुरु गरिएको छ । खोप प्राप्त गर्ने विश्वको पहिलो व्यक्ति बनेका बेलायती नागरिकको अवस्थालाई पनि आम विश्ले नियालीरहेको छ ।
जबसम्म केहि नाटकीय रूपमा परिवर्तन हुँदैन, तबसम्म विश्वका अर्बौ मानिसहरु कोरोना कहरबाट कसरी सुरक्षित र प्रभावकारी खोप प्राप्त गर्ने भन्ने विषयमा समेत आम धारणा बन्न सक्दैन ।
फाइजर र बायोटेक खोपलाई बेलायती प्रशासनले अनुमति दियो र लगाउन समेत थालियो । धनी देशहरुले खोप प्रयोग गर्न सक्छन् भन्ने विषयलाई समेत यसले देखाइदिएको छ ।
सिटजन भ्याक्सिनले भनेको छ मोडेर्नाको हरेक डोज जसको परीक्षणको प्रभावकारिताको उच्च दर प्रदर्शन गरेको छ । त्यो सुविधा धनी देशहरूले प्राप्त गरेको छन् ।
क्यानाडामा, सबै अग्रणी खोपहरू स्वीकृत भएमा पाँच पटकसम्म नागरिकहरूलाई खोपका लागि पर्याप्त व्यवस्था गर्ने गरी खरिद गरिएको उक्त समूहले बताएको छ ।
तर ती संभावनाहरू विकासोन्मुख देशको अवस्था भन्दा बिल्कुलै फरक रहेका छन् । केही देश जस्तै केन्या, म्यानमार, नाइजेरिया, पाकिस्तान र युक्रेनको अवस्था पनि फरक फरक खालको छ ।
एम्नेस्टी इन्टरनेसनलको आर्थिक तथा सामाजिक न्यायका प्रमुख स्टीव कबर्नका अनुसार खोपहरूको भण्डारले विश्वव्यापी प्रयासलाई सक्रियतापूर्वक अगाडि बढाउन र प्रभावितलाई जोगाउन सहयोग पुग्ला त भन्ने जिज्ञासा खडा भएको छ ।
धनी देशले खोप आपूर्तिको विशाल हिस्साको खरीद मानव अधिकारलाई हेर्ने विश्वव्यापी आँखालाई नजरअन्दाज गरिदिएका छन् । अर्को शब्दमा भन्दा मानव अधिकारको उल्लंघन गरिरहेका छन् ।
कम्तिमा पनि विश्वका विभिन्न १७ देशले कोभ्याकमा सहभागी हुने विचार गरेको छ । यो विश्व स्वास्थ्य संगठनको नेतृत्वमा गरिएको पहल हो । जसको उद्देश्य खोपमा विश्वव्यापी पहुँच स्थापित गर्नु हो ।