जग्गाको कित्ताकाट गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर



काठमाडौं । सर्वोच्च अदालतले सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय बदर गरेको छ ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको जग्गा कित्ताकाट फुकुवाको निर्णय बदर गरेको हो ।

यसअघि अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले मन्त्रालयलको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्चको यो निर्णयसँगै जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय कार्यान्वयन नहु्ने भएको छ ।

सर्वोच्च अदालतले यसअघि उक्त रिटमा सुृनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेको थियो ।


क्लिकमान्डु