मंगलबार सुनको मूल्य प्रतितोला १५ सय रूपैयाँले बढ्यो



काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएकोमा मंगलबार बढेर ९४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९३ हजार ६५० रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु