कोभिड १९ को असर रहेसम्म मौद्रिक नीति लचिलो हुने गभर्नर अधिकारीको घोषणा



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडको असर अझै पनि रहेको हुँदा राष्ट्र बैंकले भविष्यमा मौद्रिक उपकरण र नीतिहरु खुकुलो गर्ने बताए । गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पत्रकार सम्मेलनको क्रममा सहज नीति ल्याउने बताएका हुन्।

कर्जाको ब्याजदर गत वर्षको तुलनामा घटेदा व्यवसायीकहरुको मनोबल बढेको तर निक्षेपको ब्याजदर घट्दा त्यसले ल्याउने समस्या सावधानमा राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा गर्नेे उनले बताए ।

गभर्नर अधिकारीले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा ब्याजदरलाई निश्चत सीमामा राख्ने, विषेश गरी निक्षेपकर्ताहरुको ब्याजदर सीमाभन्दा तल नझरोस् भन्ने उदेश्य सहित मौद्रिक नीति समीक्षाको कार्यदिशा तय भएको बताए ।

‘तय भएका कार्यदिशामा अर्थतन्त्रको अहिलेको अवस्थालाई दृष्टिगत गरेर मौद्रिक विस्तारमा मुल्य र वाह्य क्षेत्रको स्थायित्वमा थप दवाब सिर्जना हुन नदिने तथा आन्तरिक उत्पालनलाई वृद्धि,उद्ययमशिलको विकासमा सहयोग गर्ने, रोजगारी बढाउने बैंक वित्त संस्थामा रहेको स्रोतको उपलबद्धतालाई सहजिकरण गर्न मौद्रिक नीतिले तय गरेको विषयलाई निरन्तरता र आर्थिक वृद्धिमा सहयोग गर्ने नै पहिलो त्रैमासको मूल्यांकनमा समीक्षा भएको छ ।’

वित्तीय सहजिकरणका लागि राष्ट्र बैंकले हालसम्म अपनाएका नियामकिय उपयहरु अपनाएको र वित्तीय स्थायित्वमा जोखिम आउन नदिन थप सजक, सर्तक र राष्ट्र बैंकको सुपरिवेक्षण र नियामकिय भूमिकालाई थप सशक्त बनाउने उनले बताए ।


क्लिकमान्डु