सुनको मूल्य प्रतितोला १६ सयले बढ्यो, तोलाको कति पुग्यो ?



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएकोमा बिहीबार बढेर ९२ हजारर ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९२ हजार १५० रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ५ रुपैयाँ कायम भएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीले गर्दा गत साउन महिनामा सुनको मूल्यले विश्व रेकर्ड कायम गरेको थियो ।

तत्कालीन समयमा सुनको मूल्यले साउन महिनामा रेकर्ड कायम गरी १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको थियो । उक्त रेकर्डसँगै सुनको मूल्यमा उतरचढाव आएको थियो ।

त्यस्तै, पछिल्लो समय कोरोना भाइरस विरुद्धको भ्याक्सिनको सफल परीक्षण भएको समाचार फैलिएसँगै सुनको मूल्य निरन्तर ओरालो लागेको थियो ।

साथै, तिहारलगत्तै सुनको मूल्यमा निरन्तर ओरालो लागेको थियो । गत मंसिर ३ गते प्रतितोला ९५ हजार १ सय रुपैयाँमा कायम भएको सुनको मूल्य निरन्तर ओरालो लागेर ९० हजार आइपुगेको थियो ।

करिब १० दिनको अन्तरालमा ५ हजार १ सय रुपैयाँले घटेको सुनको मूल्य गत मंगलबारदेखि भने उकालो लागेको छ । गत मंगलबार यता २६ सय रुपैयाँले बढेको छ ।


क्लिकमान्डु