सानिमा बैंकको निःशुल्क क्रेडिट कार्ड योजना



काठमाडौं । सानिमा बैंकले सानिमा निःशुल्क क्रेडिट कार्ड योजना ल्याएको छ ।

बैंकले अनलाइन आवेदन दिनुहोस, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस’ नारा सहित निःशुल्क क्रेडिट कार्य जारी गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकको यो योजना मसिर १५ देखि २२ गतेसम्म अनलाइनबाट क्रेडिट कार्डको आवेदन दिने सम्पूर्ण ग्राहकहरुको लागि लागु हुने छ । अनलाइन आवेदन बैंकको वेबसाइटमा रहेको बैंकले जनाएको छ ।

अवधिमा अनलाइनबाट क्रेडिट कार्य आवेदन दिने ग्राहकहरुले निःशुल्क क्रेडिट कार्यका साथै सुलभ ब्याजदरमा मासिक किस्तामा विशेष सुविधा पाउने छन् ।

बैंकले हाल सातै प्रदेशमा ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम सञ्चाल गरेको छ ।


क्लिकमान्डु