माछापुच्छ्रे बैंकको साधारणसभा पुस २ हुने
काठमाडौं । माछापुच्छ्रे बैंकको रोकिएको साधारणसभा पुस २ गते हुने भएको छ ।
बैंकले उक्त साधारणसभामा ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पेश गरिने छ । साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् ।
साधारण सभाको लागि भन्दै बैंकले असोज २२ गते बुक क्लोज गरिसकेको छ । असोज २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै लाभांश पाउने छन् ।
यसअघि बैंकले कात्तिक ६ गते साधारणसभा गर्ने भएको थियो । त्यो बेला कोरोनाका कारण साधारण सभा हुन सकेको थिएन । अब पुस २ गते बिहान ११ बजे पोखरा स्थित होटल पोखरा ग्राण्ड पार्दि कास्कीमा हुने छ ।
उक्त साधारणसभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनको लागि आवश्यक काम गर्नको लागि सञ्चालक समितिलाई जिम्मेवारी दिने प्रस्ताव लैजाने भएको छ ।
उक्त साधारण सभा भर्चुअल रुपमा जुममा हुने भएको छ । त्यसको लागि बैंकले सेयरधनीलाई लगिङ आइडी र पासवर्ड उपलब्ध गराइने जनाएको छ ।