महासंघ निर्वाचन: वस्तुगत उपाध्यक्षमा प्रधान समुहबाट अन्जन श्रेष्ठ विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फ अन्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

किशोर प्रधान समुहबाट अन्जन श्रेष्ठले चन्द्र ढकाल समुहका उमेशलाल प्रधानलाई पराजित गर्दै वस्तुगत तर्फ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

१०१ मतमा विजयी भएका अन्जन श्रेष्ठले श्रेष्ठले ६२ मत ल्याए । पराजित भएका उमेशलाल श्रेष्ठले ३७ मत ल्याए ।

उदयमान व्यवसायिक समुह लक्ष्मी ग्रुपका श्रेष्ठ भवानी राणाको कार्यसमितिमा वस्तुगत तर्फ सदस्य थिए ।
उमेशलाल श्रेष्ठ वस्तुगतको उपाध्यक्ष थिए ।


क्लिकमान्डु