एफएनसीसीआईको निर्वाचनका लागि मतदान सुरु, तीन ठाँउमा मतदान हुँदै



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को मतदान सुरु भएको छ । महासंघमा आगामी नेतृत्व चयनका लागि आज (शनिबार) मतदान सुरु भएको हो ।

जिल्ला नगरको लागि नेपाल प्रज्ञा प्रतिष्ठान, एशोसिएत तर्फको  बबरमहल स्थित कार्की ब्याङक्वेट र बस्तुगत तर्फको टेकु स्थित महासंघको कार्यालयमा मतदान सुरु भएको हो ।

मतदान आज साँझ ४ बजेसम्म हुने छ । मतदान सकिएपछि आजै साँझबाट नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतगणना हुने छ ।

महासंघको आगामी नेतृत्वका लागि बरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र किशोरकुमार प्रधान समूह निर्वाचनमा होमिएका छन् ।


क्लिकमान्डु