सनराइज बैंकमा अनलाइनबाट तुरुन्तै स्मार्ट बचत खाता खोल्न सकिने



काठमाडौं । सनराइज बैंकले विश्वको कुनै पनि ठाउँबाट बैंकमा तुरुन्तै बचत खाता खोल्न सकिने गरी ‘सनराइज स्मार्ट बचत खाता’ ल्याएको छ ।

यो सुविधा अन्तर्गत ग्राहकहरुले अनलाइन मार्फत नयाँ खाता खोली तुरुन्तै खाता नम्बर प्राप्त गर्न सक्नेछन् । उक्त खाता सक्रिय भएपछि ग्राहकहरुले रकम जम्मा गर्नका साथै डिजिटल ट्रान्ज्याक्सन समेत गर्न सक्नेछन् ।

उक्त खाताका ग्राहकहरुले मोबाइल बैंकिङ्ग प्रयोग गरी आफैले मुद्घती खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ । यो सुविधा अन्तर्गत ग्राहकहरुले बैंकको आधिकारीक वेभसाइटमा गई कुुनै पनि बचत खाता छनोट गरी आफ्नो विवरण पेश गर्नु पर्नेछ ।

यसरी अनलाइनबाट खोलिएका ‘सन्राइज स्मार्ट बचत खाता’ शुन्य मौज्दातमा खोल्न सकिने र उक्त बचत खातामा आकर्षक ब्याज समेत दिने बैंकले जनाएको छ । खाता खोल्न र माथि उल्लेखित कारोबार गर्न ग्राहकहरुलाई बैंक आउन पर्ने जरुरी छैन ।

ग्राहकहरुले आफ्नो अनुकुलता अनुसार खाता खोलेको १ वर्ष भित्र भने बैंकमा उपस्थित भइ आफ्नो खाता अद्यावधिक गर्नुपर्नेछ ।

कोभिडको कारण ग्राहकहरु बैंक आउन र कारोबार गर्न असहज भैरहेको अवस्थामा बैंकको यस सुविधाले देश र विदेशमा रहेका नेपालीहरुले सजिलै खाता खोल्न सक्ने छन् ।

यस्तै मोबाइल बैंकिङ्ग मार्फत नेपालमा बत्ति, पानी, इन्टरनेट, विद्यालय शुल्कको सजिलै भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु