एनएमबि बैंकको शाखा बुटवलको देवीनगरमा



काठमाडौं । एनएमबि बैंकले बुटवलको देवीनगरबाट १७३ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखा बुधबारबाटै सञ्चालनमा आएको बैंकका लुम्बिनी प्रदेश प्रमुख मोहन केसीले बताए ।

बैंकको अब लुम्बिनि प्रदेशमा जम्मा २८ शाखाहरू पुगेका छन् र आफ्ना नवीनतम सेवा सुविधाहरू लिएर ग्राहकहरूसम्म पुग्ने क्रम बैंकले जारी राख्ने बताईएको छ ।

सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखाले देशैभरि सबै सेगमेण्टको वित्तीय आवश्यकतालाई पुरा गर्ने प्रयास गर्नुको साथै बैंकको उपस्थितिको आधारलाई मजबुत बनाउनेछ विश्वास गरिएको छ ।

एनएमबि बैंकले १७३ शाखाहरु, ८ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै १०,४१६ क्यूआर र ४३४ भन्दा बढी पोस मेसिन मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु