बोनसपछि सिटिजन्स बैंकको सेयर मूल्य समायोजन



काठमाडौं । सिटिजन्स बैंकको बोसन सेयर पछिको सेयर मूल्य समायोजन भएको छ ।

बैंकको ८ प्रतिशत बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजनपछिको मूल्य २३२ रुपैयाँ रहेको छ ।

बैंकले लगानीकर्तालाई ८ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश दिने भएको छ । त्यसको लागि मंसिर २० गते साधारण सभा हुँदैछ ।

साधारण सभाको लागि भन्दै बैंकले (बिहीबार मंसिर ११)को लागि बुक क्लोज समेत गरेको छ ।

हिजो बुधबारसम्म कायम रहेको लगानीकर्ताले उक्त साधारण सभामा भाग लिन पाउने छन् ।


क्लिकमान्डु