ग्लोबल आइएमई बैंकको शाखा मुस्ताङकाे घरपझोङमा, ७३ जिल्लामा पुग्यो बैंक
काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबारदेखि मुस्ताङ् जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६४ पुगेको छ ।
बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्लोबल आइएमई बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।