१४ % लाभांश पारित गर्न कुमारी बैंकको साधारणसभा मंसिर २९ मा



काठमाडौं । कुमारी बैंकको साधारणसभा मंसिर २९ गते हुने भएको छ । बैंकले २९ गते साधारण सभा हुने भएपछि मंसिर १५ गतेको लागि बुक क्लोज गर्ने भएको छ ।

मंसिर १४ गतेसम्म कामय रहेका लगानीकर्ताले मात्रै साधारणसभामा भाग लिने पाउने छन भने बैंकले घोषणा गरेको लाभांश पाउने छन् ।

बैंकले यसअघि नै १४ प्रतिशत लाभांश लिने प्रस्ताव गरेको छ । बैंकले लगानीकर्तालाई १०.८५ प्रतिशत बोनस र ३.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु