नेपाल एसबीआई बैंकले ९.४७ % लाभांश दिने



काठमाडौं । नेपाल एसबीआई बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ९.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैंकले ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद (कर प्रयोजनका लागि समेत) दिने प्रस्ताव गरेको छ ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्विकृती दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु