बेरोजगारलाई बोलायो ललितपुर महानगरपालिकाले



काठमाडौं । ललितपुर महानगरपालिकाले विदेशबाट रोजगारी गुमाएर आएका बेरोजगारलाई बोलाएको छ ।

महानगरपालिकाले कोरोना महामारीका कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगारलाई बोलाएको हो ।

नेपाल सरकार (मन्त्रिपरिषद्)को मंसिर ४ गतेको निर्णयानुसार रोजगारीको सम्भाव्यता अध्ययन गर्न स्थानीय निकायलाई निर्देशन दिएको छ ।

सोही अनुरुप महानगरपालिकाले बिहीबार सूचना जारी गर्दै बेरोजगार नेपाली नागरिकहरूको तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको आफू स्थायी बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा मंसिर ११ गते सम्ममा फारम भर्न आह्वान गरेको छ ।

महानगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार नेपाली नागरिकहरुले वडा कार्यालयमा आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

साथै यसबारे थप जानकारीका लागि ललितपुर महानगरपालिकाको रोजगार सेवाकेन्द्रमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।


क्लिकमान्डु