एनआईसी एशिया बैंकको आकर्षक ‘डबल डिपोजिट’ मुद्धती निक्षेप योजना



काठमाडौं । एनआईसी एशिया बैंकले ‘डबल डिपोजिट’ योजना ल्याएको छ । बैंकले चमत्कारिक फाइदा भएको ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजना सार्वजनिक गरेकोे हो ।

बैंकले उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुबै निक्षेपकर्ता ग्राहकहरुको लागि यो योजना ल्याएको जनाएको छ । यस योजना अन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ ।

यस्तै संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ । यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम १० हजार रहेको छ ।

‘डबल डिपोजिट’ मुद्धति निक्षेप योजनाको समयअवधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहकले दोब्बर रकम नै प्राप्त गर्नेछन ।

उक्त निक्षेप अवधिको अन्त्यमा प्राप्त हुने दोब्बर रकम कर कट्टा भएपश्चात रहेकाले ग्राहकलाई थप फाइदा पुग्ने बैंकले विश्वास लिएको छ ।

यस योजना अन्तर्गत ग्राहकले मुद्दती निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधा समेत लिन सकिने व्यवस्था रहेको छ ।

बैंकको मुलुकभर ३२७ शाखा कार्यालय, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु