बैंक अफ काठमाण्डू र सानिमा बैंकलाई ऋणपत्र बिक्री गर्न बोर्डले दियो अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा वाणिज्य बैंकको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ ।

बोर्डले बैंक अफ काठमाण्डू र सानिमा बैंकलाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो । दुवै बैंकले ऋणपत्र बिक्री गर्नको लागि बोर्डमा अनुमति दिएका थिए ।

बोर्डका अनुसार बैंक अफ काठमाण्डूले १० वर्षको लागि बीओके ऋणपत्र २०८६ र सानिमा बैंकले १० वर्षको लागि सानिमा ऋणपत्र २०८६ बिक्री गर्न अनुमतिको लागि आवेदन दिएको थियो । दुवै बैंकको ऋणपत्रमा ब्याजदर ८.५ प्रतिशत नै रहेको छ ।

बैंक अफ काठमाण्डूले प्रति कित्ता १ हजार रुपैयाँका दरले १ अर्ब ६० रुपैयाँको दरले १६ लाख कित्ता ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । त्यसमा ६४ करोडको ऋणपत्रमा लगानीकर्ताले आवेदन दिन पाउने छन भने बाँकी रहेको ९६ करोडको बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ । बैंकको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

यस्तै सानिमा बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको छ ।

जसमा लगानीकर्ताले १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र आवेदन दिन पाउने छन भने बाँकी रहेको २ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र बैंक आफैले विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ । यसको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।


क्लिकमान्डु