कोरोनाले घटायो बैंकहरुको नाफा, कुन बैंकको कतिले घट्यो ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुलाई नाफा आर्जनमा कोरोनाले निकै नै असर पारेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसले बैंकहरुको व्यवसाय विस्तारमा असर पर्नुको साथै कर्जा नउठदा बैंकको नाफामा प्रत्यक्ष असर परेको छ ।

अहिलेसम्म २५ वटा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् । अब २ वटा बैंकको वित्तीय विवरण आउन बाँकी छ । वित्तीय विवरण प्रकाशित गरेका २५ वटा बैंकको नाफा १३ अर्ब ९८ करोड ९३ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

जुन गत आवको पहिलो त्रैमासको तुलनामा २.०३ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा बैंकहरुको नाफा १४ अर्ब २८ करोड ५ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।

तीन महिनामा ८ वटा बैंकको नाफा बढेको छ भने बाँकी बैंकको नाफामा गिरावट आएको छ । विवरण प्रकाशित गरेका बैंकहरुमा नेपाल बंगलादेश, एनआईसी एसिया, मेगा एनएमबी, प्रभु, ग्लोबल आईएमई, कुमारी, प्राइम र सिटिजन्स बैंकको नाफा बढेको छ भने बाँकी बैंकका नाफा घटेको छ ।

यो अवधि सबैभन्दा बढी एनएमबी बैंकको नाफा १६९.६२ प्रतिशतले बढेको छ । यता नाफा सबैभन्दा बढी नेपाल एसबीआई बैंकको नाफा ५४.१४ प्रतिशतले घटेको छ भने एभरेष्ट बैंकको नाफा ५१.५४ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु