प्राइम बैंकको नाफा ५४ % ले बढ्यो, अन्य सूचकमा कस्तो छ सुधार ?



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम बैंकको नाफा ५४.२४ प्रतिशतले बढेको छ ।

बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ करोड ९७ लाख ६७ हजार ८१७ रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १ करोड ७६ लाख ३४ हजार ९१० रुपैयाँ नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा ३३ करोड ८४ लाख ४६ हजार ५२१ रुपैयाँ रहेको छ ।

बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवको पहिलो त्रैमासमा १ अर्ब ६ करोड ५ लाख ५ हजार १०८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवको सोही अवधिमा १ अर्ब ५५ करोड ८ लाख ३६ हजार ६३३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
यस्तै सञ्चालन मुनाफा पनि ९४ करोड ४४ लाख ९७ हजार ६०४ रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ अर्ब ४४ करोड ७६ लाख ५१ हजार ७१२ रुपैयाँ रहेको छ ।

१३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०४ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ४६ करोड ६५ लाख ४४ हजार ५८ रुपैयाँ रहेको छ । १ खर्ब २४ अर्ब ५० करोड ८४ लाख ४८ हजार ६५४ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब १३ अर्ब ४४ करोड ७२ लाख ९६ हजार १५७ रुपैयाँ कर्जा लगानी गरेको छ ।

खराब कर्जा १.१४ प्रतिशतबाट बढेर १.३७ प्रतिशत पुगेको बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा रहेको छ ।


क्लिकमान्डु