साथी भोकै भएको खबरले जन्मिएको आइडिया, जसले थोरै लगानीमा यसरी गरे व्यवसायको विस्तार



काठमाडौं । विपत्तिले मानिसलाई नयाँ नयाँ खोज र अनुसन्धानमा अभिप्रेरित गरेको छ । मानिसका नयाँ नयाँ सोचलाई समेत सतहमा ल्याइदिएको छ । विपत्ति अवसर पनि बन्दै गएको छ । धेरैले यसैलाई अवसरको रुपमा लिएर नयाँ नयाँ काम गरेका छन् । त्यसैबाट आफूलाई सफल व्यवसायीका रुपमा स्थापित समेत गरिदिएका छन् ।

कोरोना भाइरसको संक्रमणको रोकथामका लागि संसारभर नै लकडाउन गरियो । मानिसहर घरमै बस्न बाध्य भए । उनीहरुको जीवन बदलियो, काम गर्ने तरिका बदलियो । काम गर्ने शैली र सोच समेत बदलियो । नेपालमा समेत लकडाउनको समयमा फरक शैलीका साथ का गर्ने प्रक्रिया अगाडि बढ्यो ।

यसै क्रममा भारतमा लकडाउनको समयमा नै अगाडि बढाइएको एउटा यस्तो कामको बारेमा जानकारी दिने प्रयास गरिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार लकडाउनको समयमा आफना साथीहरु भोकै परेपछि आएको सोचले आज काश्मिरमा एक व्यवसायी समूहले राम्रै आम्दानी गरेको छ ।

लकडाउनको समयमा साथी भोकै बसेको देखेर शुरु गरिएको टिफिन सेवाले आज काश्मिरमा राम्रै स्थान बनाएको छ । मासिक ३ लाख भारतीय रुपैयाँ उनीहरुले कमाउने गरेका छन् ।

काम गर्नलाई ठूलो पैसा, धेरै जनशक्ति र भारी भरकम चाहिँदैन भन्ने उदाहारण सो कामले देखाएको छ । नेपालका पनि सानो सोच र सानो प्रयासले ठूलो सफलता हासिल गर्न सक्छ भन्ने उक्त कामबाट अनुसरण गर्न सकिन्छ ।

सो समूहले भेज खाना १०० भारतीय रुपैयाँमा उपलब्ध गराउने गरेको छ भने मासु खाना १५० मा उपलब्ध गराउने गरेको छ । खाना डेलिभरी गर्दा कुनै थप शुल्क लिने गरिदैन । दैनिक वा मौसम अनुसार खानाको मेन्यू समेत परिवर्तन गर्ने गरिएको छ । हरेक महिना विभिन्न ३० खानाको प्रकारको सर्ट लिस्ट गरिएको छ । हरेक सातामा फरक फरक ५ नयाँ खाना बनाइन्छ र माग गर्नेलाई उपलब्ध गराइन्छ ।

फोनको घण्टी लगातार बजीरहेको थियो । डेलीभरी गर्ने कामदार भान्छामा आउने जाने गरिरहेका थिए । उनको हामतमा कपडाले बनेको झोला रहेको छ । जसमा प्याक गरिएको डिब्बा रहेको छ । २९ वर्षीय व्यवसायी रईस अहमदले श्रीनगरको घरमा नैब नेको खाना घर घरमा उपलब्ध गराउने टिफिन सेवा उपलब्ध गराउने व्यवसाय शुरु गरेका थिए ।

उनले असाध्यै सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको थियो । श्रीनगरमा जन्मेका , सोही स्थानमा पढे लेखेका रईसले हर समय आफै काम गर्नुपर्छ भन्ने मान्यता राख्थे ।

मुस्लिम पब्लिक स्कूलबाट हाइस्कूलसम्मको अध्धयन गरेका उनले लामो समय कामको खोजीमा लागेका थिए । उनले अनहद इस्टिच्यूट अफ मिडिया स्टडिजमा सम्पादन, क्यामेरा, निर्देशन तथा स्क्रिप्ट राइटिङको कोर्स समेत पूरा गरेका छन् । तर, उनले आफूले पढेको र सोचेजस्तो कुनै रोजगारी पाएनन् ।

उनी भन्छन् ‘ मैले म्याट्रिक उत्र्तीण गर्ना साथ काम शुरु गरेको थिए । म र मेरो भाइ मिलेर विज्ञापन एजेन्सी शुरु गरेको थिए । पछिल्लो १५ वर्षदेखि उक्त काम भइरहेको थियो । कहिल्यै सरकारी जागिर खाने सोच नै आएन । आफनै व्यापार शुरु गर्ने सपना देखेको थिए ।’

उनले भने अनुसार घरमा नै तयार पारिएको खाना घर घरमा पुर्याउने काम गर्ने सोच पहिलो पटक उनको दिमागमा जब आयो । भारत सरकारले भारतको संविधानको धारा ३७० खारेज गरेर लकडाउन गरिएको थियो । चिसोको एक रात थियो ।

एक जना साथीको राती ११ बजे राती फोन आयो । उनले लकडाउनका कारण बिहानदेखि केही पनि खाना खान नपाएको सुनाए । साथी भोकै बसेको सुनेपछि रइसलाई रातभर निद्रा लागेन । साथी भोकका कारण आलस तालस भएका थिए । साथीले अनुरोध गरे ‘ तपाई मेरा लागि केही खानेकुराको जोहो गर्न सक्नुहुन्छ र ?’ साथीको उक्त आग्रह सुनेपछि केही गर्न सकिन्छ कि भन्ने सोच पैदा भयो ।

रईसले भने अनुसार आफ्नो साथीको गुहार सुनेपछि भान्छामा गए र टिफिन बनाए । आफना साथीलाई खाना पुर्याएर जब उनी घर फर्के, उनको मनमा कयौ खालका सोच आए ।

उनलाई यस्तो लाग्यो कि मेरो मन भनीरहेको छ, के तैले यस्तै काम गर्न सक्छन् र आफूलाई स्थापित गर्न सक्छस । मलाई यसैलाई केही गरौ गरौ भन्ने सोच झनै प्रकट भएर आयो । रेष्टुरेन्टको खाना हाइजेनिक नहुने र मानिसहरु बिरामी परेको पनि उनले सुनेका थिए । त्यसले उनलाई काम गर्न अझै बल मिल्यो ।

महिनौको सोच र अनुसन्धान पछि उनले टिफिन सेवा शुरु गरे । एक महिान भित्र उनले सानो एउटा समूह बनाए । जसमा मेरी आमा र एक सेफ समेत जोडिए । हामीले एउटा मेन्यू डिजाइन गर्यौ । खाना बनाउन शुरु गर्यौ । उनले उक्त दौरानमा डेलीभरी गर्नका लागि एक नानो कार समेत खरिद गरेका छन् । रईसका लागि यो सबै राम्रो थिएन ।

कयौं प्रकारका चुनौती थिए । किनकी उनको साथमा इन्टरनेट थिएन । सो समयमा आफूले मार्केटिङको काममा सिकेको अनुभवलाई प्रयोग गरे । स्थानीयले भन्ने गरेका थिए – यस्ता प्रकारका काम श्रीनगरमा चल्दैन, गर्न सकिदैन । तर, मैले सबै प्रकारका गलत प्रकारका सोच र भनाइलाई गलत सावित गरिदिए ।

रईसको टिफिन सेवा प्रभावकारी रुपमा चलीरहेको बेला पुनः कोरोनाको महामारी शुरु भयो । उनी भन्छन् कि कोरोनाको कारण २ महिना हामीले काम रोक्नु पर्यो । तर, हामीले आफ्नो लक्ष्य र सोचलाई भने छाडेनौ र नयाँ तरिकाले काम शुरु गर्यौ ।

उनको हरेक दिन १०० बराबरको माग आउने गरेको छ । उनले श्रीनगरको ७० प्रतिशत क्षेत्र समेटेको छ । श्रीनगरको कयौं अस्पताल र बैंक सबै उनका ग्राहक बनेका छन् । उनले खाना पुर्याउनका लागि कुनै थप शुल्क लिने गरेका छैनन् । हरेक दिन उनको औसतमा १० हजार भारतीय रुपैयाँ बराबरको बिक्री हुने गरेको छ ।

उनले खाना डेलिभरी गर्नका लागि कुनै पनि मोबाइल एप तयार पारेका छैनन । उनले फोन कल तथा ह्वाटस एपबाट अर्डर लिने गरेका छन् । त्यसबाट उनका सेवाग्राहीलाई समेत राहत दिएको छ । अर्डर लिनका लागि कुनै समस्या रहेको छैन ।

उनले प्लास्टिकको कुनै प्रयोग गरेका छैनन । स्थानीय प्रशासनबाट उनले कोरोनाबाट कसरी जोगिने भन्ने उपायको बारेमा समेत जानकारी लिएका छन् । त्यसले उनलाई काम गर्न थप सहज भएको छ । उनले कयौ ग्राहकबाट विद्युतीय भुक्तानी लिन्छन् भने केहीबाट मात्रै नगद लिने गरेका छन् ।

उनले आगामी दिनमा एउटा बेवसाइट बनाउने र एप समेत बनाउने सोच बनाएका छन् । व्यवसाय विस्तार गर्न के कस्ता उपाय अपनाउने भनेर उनले आवश्इक तयारी गरेका छन् ।नेपालमा पनि एउटा निश्चित क्षेत्र तय गरेर यस्तै काम गरेर राम्रै कमाई गर्न सकिन्छ । के यस्तो सोच राख्ने त ?


पुष्प दुलाल