पेरिस ओलम्पिक उद्घाटन हुनुअघि रेलवे नेटवर्कमा तोडफोड, ८ लाख प्रभावित



एजेन्सी । फ्रान्सको पेरिसमा ओलम्पिक खेलको उद्घाटन समारोहको अन्तिम तयारी भइरहँदा त्यहाँको हाइ स्पिड रेल नेटवर्कको केही क्षेत्रमा आगजनीसहित आक्रमण भएको छ ।

यसले रेल नेटवर्क पूर्ण रुपमा प्रभावित भएको छ । यस्तो आक्रमणले फ्रान्समा साढे २ लाख यात्रुको यात्रा प्रभावित भएको बताइएको छ । प्रधानमन्त्री ग्याब्रिएल अटलले भने रेलवे लाइन ध्वस्त पार्ने मनसायले यो आक्रमण भएको बताएका छन्।

फ्रान्सको सरकारी रेल कम्पनी एनएनसीएफका अनुसार आक्रमणबाट रेलवे नेटवर्कको क्षतिबाट ८ लाख मानिस प्रभावित भएका छन् । यसैबीच सरकारी अधिकारीहरुले यस घटनामा कट्टरपन्थी समूहको हात हुनसक्ने भन्दै त्यसतर्फ छानबिन अगाडि बढाएका छन् ।

अहिले नेटवर्क बन्द हुँदा रेल आवतजावत प्रभावित भएपछि सुरक्षाकर्मीहरुले काटिएका तारहरु धमाधम जडान गरिरहेका छन् । रेलस्टेसनमा भने ठूलो संख्यामा यात्रुहरु अलपत्र परिरहेका छन् । जवकि आजबाटै पेरिसमा ओलम्पिक खेल हुँदैछ । जुन ११ अगस्टसम्म चल्नेछ ।

रेलवे नेटवर्कको क्षतिका कारण दसौं हजार यात्रुहरु अलपत्र परिरहँदा तनाबका बीच फ्रान्सले ओलम्पिक खेल शुक्रबार उद्घाटन गरेको छ।


क्लिकमान्डु