एनसेलको ‘इन्डलेस कुराकानी प्लस’ अफर



काठमाडौं । दशैं तिहार लगायतका चाडवाडको अवसरमा एनसेलका प्रिपेड ग्राहकले एनसेल नेटवर्क भित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग अब अझै सुलभ दरमा कुराकानी गर्न सक्नेछन् ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा बुधबारबाट आकर्षक सुविधा थपेको छ । जस अन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा करसहित मात्र १ रुपैयाँ २८ पैसामा कुरा गर्न सकिने छ । अन्य अवस्थामा एनसेल नेटवर्क बाहिरको नेटवर्कमा कल गर्दा २ रुपैयाँ ५४ पैसा प्रति मिनेट शुल्क लाग्नेछ ।

साथै एनसेलले यो योजना अन्तर्गत, भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्क भित्रको कल शुल्क घटाएको छ । इन्डलेस कुराकानी प्लस अन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिनको तोकिएको निश्चित मिनेट प्रयोग भैसकेको अवस्थामा मात्रै ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्छन् । अन्य अवस्थामा एनसेल नेटवर्क भित्र कल गर्दा विद्यमान २ रुपैयाँ ५४ पैसा प्रति मिनेट शुल्क लाग्दछ ।

इन्डलेस कुराकानी प्लस अन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्छन् ।

७ दिन समयसिमा रहेको प्याकमा ग्राहकले मात्र ९५ रुपैयाँ ७७ पैसा मा ७०० मिनेट अन नेट टक टाइम (७ दिनसम्म हरेक दिन १०० मिनेट टक टाइम ) प्राप्त गर्दछन् । त्यस्तै गाहकले मात्र १९१ रुपैयाँ ५४ पैसामा १५ दिने प्याक सुचारु गरी प्रत्येक दिन १२५ मिनेट र ३८१ रुपैयाँ ७९ पैसामा ३० दिनको प्याक लिएर हरेक दिन १५० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्छन् ।

प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स–७ ह्यास डायल गरी निर्देशन अनुसार प्याक सुचारु गर्न सक्छन् । ग्राहकले एसएमएसबाट पनि प्याक सुचारु गर्न सक्छन् । जस्तै ७ दिनको प्याक लिनका लागि ग्राहकले १०० टाइप गरी अंग्रेजी ठुलो अक्षरमा पिडी लेखि १७११८ मा एसएमएस पठाएर प्याक सुचारु गर्न सक्छन् ।


क्लिकमान्डु