अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगलाई निरन्तरता दिन्छः राजदुत बेरी



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकाका राजदूत र्याण्डी बेरी बीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटमा मन्त्रीले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिका सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको बताए ।

अर्थमन्त्री र राजदूत बीच द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र त्यसपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोग लगायतका विषयमा छलफल भएको छ ।

राजदूत बेरीले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेको उल्लेख गर्दै अमेरिका सरकारले आगामी दिनमा नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।


क्लिकमान्डु