तीन महिनामा ७५ करोड रुपैयाँको सुन आयात हुँदा २६ करोडको चाँदी आयो



काठमाडौं । तीन महिनामा नेपालमा ७५ करोड रुपैयाँको सुनको आयात भएको छ । यस्तै चाँदी २६ करोड रुपैयाँको आयात भएको छ ।

तीन महिनामा एक लाख ग्राम सुन अर्थात एक सय केजी सुन आयात भएको छ । विभागका अनुसार उक्त अवधिमा ७३ करोड ७० लाख ३४ हजारको सुन आयात भएको तथ्याङ्कले उल्लेख गरेको छ । साथै, उक्त आयात भएको सुनबाट सरकारले ८ करोड ५ लाख हजार राजस्व संकलन गरेको छ ।

त्यसैगरी भन्सार विभागको तथ्याङ्क अनुसार तीन महिनामा ३ हजार केजी चाँदी आयात गरेको छ । उक्त आयातित चाँदीको परिणाम हेर्दा सुन भन्दा धेरै गुणा बढी चाँदी आयात भएको तथ्याङ्कले देखाएको छ ।

यस्तै, तीन महिनामा २६ करोड ११ लाख १५ हजारको चाँदी आयात गरेको छ । त्यसैगरी आयातित चाँदीबाट सरकारले २ करोड ५५ लाख राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु