राष्ट्रिय वाणिज्य बैंकको २४२ औं शाखा बाग्लुङको शेराबजारमा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका-१ स्थित शेराबजार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको जैमिनि नगरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले बैंकको २४२ औं शाखा कार्यालयको उदघाट्न गरेका हुन् ।

कार्यक्रममा जैमिनि नगरपालिकाका नगर प्रमुख पौडेलले महामारीको समयमा बैंकले शाखा स्थापना गरी नगरवासीलाईलाई बैंकिङ सेवा उपलब्ध गराएको बताए ।

बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ ।


क्लिकमान्डु