अबको २ दिनपछि ५ दिन बैंक तथा वित्तीय संस्था बन्द हुने, अत्यावश्यक काम छिटो सक्नुपर्ने



काठमाडौं । अबको दुई दिनपछि आगामी पाँच दिनको लागि बैंक तथा वित्तीय संस्था बन्द हुने भएको छ ।

दशैं बिदाको लागि बैंक तथा वित्तीय संस्था ५ दिनको लागि बन्द हुने छन् । अघिल्लो वर्ष दशैंको दिन बाहेक अरु दिन केही शाखा कार्यालयहरु सिमित घण्टाको लागि खुलेपनि यो पटक भने दशैं बिदाको ५ दिन कुनैपनि शाखा खुल्ने छैनन् ।

नेपाल बैंकर्स संघले सूचना जारी गर्दै कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकका शाखाहरु बन्द हुने भएका छन् । यो अवधिमा बैंकको शाखा कार्यालय बन्द भएपनि डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ भने सञ्चालनमा आउने छन् । यस्तै बैंकहरुको एटिएम सेवा पनि नियमित रुपमा हुने संघले जनाएको छ ।

ग्राहकले बैंक जानुपर्ने भएमा अबको दुईदिनभित्र जानुपर्ने हुन्छ । कोभिड संक्रमण फैलिएको कारण बैंक तथा वित्तीय संस्था सेवा प्रवाहमा समेत अहिले समस्या छ ।

संघले कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङका अधिकतम प्रयोग गर्न समेत आग्रह गरिएको छ ।

संघले बैंकको शाखा कोरोना कारण पनि बन्द गर्न लागेको जनाएको छ । संघका अनुसार अहिलेसम्म ३ हजार ७ सय भन्दा बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

सक्ने संघको भनाई छ । साथै, डिजिटल प्रविधिबाट भुक्तानी गर्ने प्रणालीको विकास भएकाले पैसा बोकेर हिड्नुपर्ने झन्झट पनि अहिले छैन । तथापि, डिजिटल कारोबारमा सबै ग्राहक भने अभ्यस्त भइसकेका छैनन् ।


क्लिकमान्डु