इन्भेष्टमेन्ट बैंकको दुई एक्सटेन्सन काउन्टर सञ्चालनमा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दुई नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले भक्तपुरको शुकुलढोका र चन्द्रगिरी वडा-९ माच्छेगाउँमा एक्सटेन्सन काउन्टर खोलेको हो । शुकुलढोका एक्सटेन्सन काउन्टर एनआईबीएलका उप महाप्रबन्धक विजेंद्र सुवालले उद्घाटन गरेका छन् ।

मच्छेगाउँ एक्सटेन्सन काउन्टरको कार्यवाहक वार्ड प्रमुख रामकृष्ण श्रेष्ठ र एनआईबीएल बागमती प्रदेश प्रमुख बरुन श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन । एक्सटेन्सन काउन्टरहरूले स्थानीय मागलाई पूरा गर्न बैंकिग सेवाहरू प्रदान गर्नेछन् ।

बैंकले ८३ शाखा, १२५ एटीएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखाविहीन बैंकिंग काउन्टरबाट सेवा दिइएरहेको छ ।


क्लिकमान्डु