तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ ।
कात्तिक १ गते सिटिजन्स बैंकले तिनाउलाई एक्विजिसन गर्ने सम्झौता भएको छ । त्यही सम्झौता अनुसार आइतबारदेखि सेयर कारोबार रोक्का भएको हो ।
सिटिजन्स बैंकले तिनाउलाई १००ः ९६ अनुपातमा एक्विजिसन गरेको हो ।