माछापुच्छ्रे बैंकको साधारण सभा कोरोनाले रोकियो, लगानीकर्तालाई अन्तरिम नगद लाभांश दिने



काठमाडौं । कोरोना भाइरसको कारण निर्धारित समयमा साधारण सभा गर्न नसकेको माछापुच्छ्रे बैंकले लगानीकर्तालाई नगद लाभांश दिने भएको छ ।

बैंकले यसअघि नै कात्तिक ६ गते साधारण सभा गर्ने भनेर सूचना जारी गरेको थियो । कोरोनाको कारण उक्त समयमा साधारण सभा गर्न नसक्ने जनाएको छ ।

बैंकले यसअघि लगानीकर्तालाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ३.३७ प्रतिशत नगद लाभाश र ७.०३ प्रतिशत बोनस दिने भएको थियो । साधारण सभा स्थगितभएपछि लगानीकर्ताले तत्काल नपाउने भएका छन् ।

तर बैंकले चुक्ता पुँजीको २.८५ प्रतिशत नगद लाभांश अहिले नै दिने तयारी गरेको छ । बैंकका अनुसार २.८५ प्रतिशत अन्तरिम नगद लाभांश दिनको लागि राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने भएको छ । बैंकले अहिले नगद लाभांश दिएको खण्डमा आगामी २२ औं साधारण सभाबाट अनुमोदन गराउने जनाएको छ ।

राष्ट्र बैंकले उक्त स्वीकृतिलाई अनुमोदन गरेको खण्डमा बैंकका लगानीकर्ताले दशै अगावै नगद लाभाश पाउने सम्भावना देखिएको छ ।


क्लिकमान्डु