प्रविधिमा नयाँ चमत्कारः ओइ गुगल भनेर बोलाउनुस, अब सजिलै हुनेछन् यी काम



काठमाडौं । सूचना प्रविधिले मानिसलाई यति सजिलाो बनाइदिएको छ कि त्यसले सबै काम निमेषभरमा नै गरिदिने भएको छ ।

सूचना तथा प्रविधिले संसारलाई एउटा गाँउमा सिमित गरिदिएको छ । कारण अब संसार साघुरो हुँदै गएको छ । मानवीय आवश्यकता र चाहना अनुसार नै विज्ञान तथा प्रविधिको विकास भएको छ ।

यसै क्रममा सर्च इन्जिनको रुपमा रहेको गुगलले नयाँ फिचर सहितको आफ्नो सेवामूलक फिचर सार्वजनिक गरेको छ ।

अब तपाईले गुगल एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुहोस् र त्यसलाई आफ्नो आवश्यकता अनुसार काम लगाउनुहोस् । तपाईले गुगललाई बोलेर काम लगाउन सक्नुहुनेछ ।

गुगलले एन्ड्रोयड एपसँग आफ्नो भ्वाइस असिस्टेन्ट सिस्टम जोडेको छ । त्यसले तपाई हामीलाई दैनिक जीवनमा आवश्यक पर्ने धेरै भन्दा धेरै काम बोलेरै सहजै गराउन सकिन्छ ।

सामाजिक सञ्जालमा कुनै पनि समाचारको खोजी गर्न तथा खोल्न सोही एपले मद्दत गर्नेछ । यस्तै आफूलाई मन परेका गीत संगीत सुन्न पनि सोही एपले सहयोग गर्छ । यस्तै स्यानच्याटमा कुनै पनि सेलिब्रेटीको स्टोरी पढन समेत सहयोग गर्नेछ ।

गुगलले उक्त फिचरसहितको एप प्ले स्टोरमा रहेका एप मध्ये सर्वाधिक रुचाइएको ३० औं नम्बरमा पर्न सफल भएको छ । सहयोगका लागि सो एपलाई कुनै सटकट कि समेत आफै बनाउन सकिन्छ ।

तपाईले हे गुगल अर्थात, ओई गुगल भन्ना साथ तपाईलाई अब उसले सेवा दिनेछ । आवाज सहितको सेवालाई थप व्यवहारिक र आम मानिसको रोजाई बनाउने लक्ष्यका साथ गुगलले ल्याएको पछिल्लो फिचरलाई धेरैले मन पराएका छन् ।

उसले हरेक दिन जसो नयाँ नयाँ सोध तथा खोजीलाई पनि अगाडि बढाएको छ । जुन प्रविधिको इतिहासमा नयाँ नयाँ चमत्कार बन्दै गएको छ ।
भ्वाइस सिस्टमलाई बढी भन्दा बढी प्रभावकारी बनाउनका लागि उसले लिएका नीति तथा योजनालाई समेत आम मानिसले सहजै रुपमा लिएका छन् । कम्पनीका अनुसार उसको भ्वाइस सहयोग सिस्टम एन्ड्रोयड एपमा जोडेको छ ।

अर्थात् बोलेको भरमा नै एपले काम गर्नेछ । कम्पनीका अनुसार अब तपाईले गुगललाई ओइ गुगल भनेर बोलाउन सक्नुहुनेछ । तपाईले बोलाएपछि चुपचाप बसीरहेको एप खुल्नेछ र तपाईलाई सोध्नेछ के सेवा गरौ ? अर्थात् उसले काम शुरु गर्नेछ ।

हाल उक्त सेवा अग्रेजी भाषामा मात्रै उपलब्ध छ । किनकी अन्तर्राष्ट्रिय  भाषा भएकाले पहिलो चरणमा उक्त भाषामा मात्रै सो सेवा शुरु गरिएको हो । उक्त एपलाई अन्य एपसँग पनि जोडेर बढी भन्दा बढी सुविधा प्रदान गर्ने तयारी गरेको छ ।

कम्पनीले उक्त फिचरलाई रोल आउट गर्न शुरु गरिसकेको छ । गुगलले सहयोगका लागि नयाँ २ वटा अग्रेजी आवाजलाई समेत जोडिसकेको छ । आवाजलाई बढी भन्दा बढी प्राकृतिक बनाउनका लागि उसले असाध्यै प्रभावकारी ठानिएको प्रोसोडीको उपयोग गरिसकेको छ ।

गुगल एपमा बोलेर नै गर्न सकिने धेरै काम छन् । गुगल एपलाई गुगल सहयोग भनेर यसअघि नै सञ्चालनमा ल्याइएको सुविधालाई एकीकृत गरिएको छ । अब तपाईले बोल्ना साथ गीत सुन्न सक्नुहुन्छ । सामाजिक सञ्जालमा आफूलाई मन लागेको कुरा पोष्ट गर्न सक्नुहुन्छ ।

यस्तै आफूलाई मन परेको खानेकुराको अर्डर गर्न सक्नुहुन्छ । यस्तै ट्याक्सी बोलाउन सक्नुहुनेछ । अन्य जरुरी काम समेत तपाईले गर्न सक्नुहुनेछ । यो मात्र नभई अब तपाईले गुगल असिस्टेन्टको उपयोग गरेर आफ्ना सामान्य काम गराउन सक्नुहुन्छ । त्यसका लागि सटकट कि समेत समेत बनाउन सकिनेछ ।

गुगलका प्रडक्ट म्यानेजर उडम कोयम्बरा भन्छन् ‘ प्रयोगकर्ताले अब एप खोल्न तथा कुनै पनि विषय खोज्नका लागि उपयोग गर्नुका अलावा एपको साथ अरु धेरै काम गर्न सक्नेछन् । सो कामका लागि अब भ्वाइस कमाण्डलाई थप प्रभावकारी बनाइएको छ ।

अब ती दुई नयाँ प्राकृतिक आवाज सुन्न सक्नुहुनेछ । जसमा गुगल सहयोग समेत जोडिएको छ ।गुगल सहयोगको विकासको दौरानामा नै उक्त नयाँ फिचर समेत पेश गरिएको थियो । कम्पनीका अनुसार उक्त फिचर

एन्ड्रोयड तथा एपलाई बढी भन्दा बढी उपयोगी तथा सुविधाजनक बनाउन खोजिएको छ । उनले अगाडि भने एप एक्सन, बिल्ट इन इन्ट्रेस्ट एन्ड्रोयड डेभलपर्सको असाध्यै राम्रो परिणाम हो । यसले प्रयोगकर्तालाई सहयोग मात्रै नगरी अन्य काम समेत प्रभावकारी रुपमा अगाडि बढाउन मद्दत गर्नेछ ।

अब तपाईले ट्वीटरमा समाचार खोल्न तथा हेर्न, प्ले लिस्टमा रहेका गीत बजाउन तथा आफ्नौ दौड शुरु गर्न तथा कसैलाई
कुनै पनि प्रकारको सूचना पठाउन तथा कुनै सेलीब्रेटीको समाचार पढ्न पनि उक्त एपले सहयोग गर्नेछ । त्यसका लागि केवल तपाइको आवाज चाहियो, अर्थात् तपाईले उसलाई भन्नुपर्यो, ए गुगल लौ न यसो गरिदे ।


पुष्प दुलाल