चिनियाँ अधिकारी भन्छन्- इमरजेन्सी नै परे कोरोना भाइरस विरुद्धको खोप प्रयोग गर्न सकिन्छ



काठमाडौं । कुनै अत्यावश्यक अवस्था आएको खण्डमा कोरोना भाइरस विरुद्धको खोप प्रयोगमा ल्याउन चीन सरकारले अनुमति दिएको छ ।

कोरोना भाइरसको चर्को संक्रमण फैलिएका कुनै पनि देश तथा स्थानमा चिनियाँ खोप प्रयोग गर्न सकिने र त्यसमा कुनै पनि प्रकारको साइड इफेक्ट नभएको उसले जनाएको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाए अनुसार अत्यावश्यक परेको खण्डमा चिनियाँ कम्पनीले निर्माण गरेको कोभ्याक प्रयोग गर्न सकिने जनाएको छ । उक्त खोपको तेस्रो चरणको क्लिनकल परिक्षण समेत भइरहेको छ ।

चीनको कोरोना भाइरस विरुद्धको खोप विकाससम्बन्धी टास्क फोर्सका प्रमुख जेङ झोओइले भने ‘ कुनै पनि अति समस्यामा परेका बिरामीका लागि खोप प्रयोग गर्न सकिन्छ ।

असाध्यै समस्यामा परेका बिरामीलाई छोटो समयमा नै उपचार गर्न र उनीहरुको जीवन रक्षाका लागि खोप प्रयोग गर्न स्वीकृति दिइएको छ ।

पहिलो र दोस्रो चरणको क्लिनिकल परिक्षण सकिएको र तेस्रो चरणको परिक्षणबाट प्राप्त सकारात्मक नतिजाका आधारमा उक्त सल्लाह दिन सक्ने स्थानमा आफूहरु पुगेको खोप निर्माता कम्पनीको भनाइ उदृत गर्दै चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही दिन पहिले मात्रै चिनियाँ कम्पनीले प्रति डोज २ अमेरिकी डलरमा कोरोना भाइरस विरुद्धको खोप ब्राजिललाई बिक्री गर्ने सम्झौता भएको समाचार सार्वजनिक भएको थियो ।

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शहरी क्षेत्रको सफाईमा खटिने कामदार तथा स्वास्थ्य जोखिममा परेकालाई उक्त खोप लगाउने अनुमति दिइएको छ ।

केही देशले भने चीनको उक्त भनाईलाई हतारको प्रतिक्रिया भनेका छन् । खोप परिक्षणका धेरै चरणहरु रहेकाले तत्काल नै सबै भइहाल्यो भने जसरी प्रयोग गर भन्नु साह्रै हतारको काम भएको अमेरिका र केही पश्चिमा देशको भनाइ छ ।

उत्तरी गोलाद्र्धका देशहरुमा जाडो शुरु हुन लागेकोले कोरोनाको दोस्रो लहर आउने भन्दै चिनियाँ स्वास्थ्य अधिकारीले त्यसबाट जोगिन पनि अब खोपको विकल्प नभएको बताएको छ ।

चीनको राष्ट्रिय मेडिकल सामग्री उत्पादन गर्ने निकायका अनुसार विभिन्न ८ प्रकारको कोरोना भाइरस विरुद्धको खोपको विभिन्न चरणमा परिक्षण भइरहेको छ ।

सो चिनियाँ अधिकारी भन्छन् इमरजेन्सी नै परे कोरोना भाइरस विरुद्धको खोप प्रयोग गर्न सकिन्छ  चिनियाँ अधिकारी भन्छन् इमरजेन्सी नै परे कोरोना भाइरस विरुद्धको खोप प्रयोग गर्न सकिन्छ ।

सो संस्थाका अनुसार झण्डै २० हजार मानिसहरुका उक्त खोपको परिक्षण भइरहेको छ । उक्त खोप असाध्यै सुरक्षित र कुनै पनि प्रकारको साइड इफेक्ट नभएको पाइएको छ ।

अर्जेन्टिना, पेरु, मोरक्को र संयुक्त अरब इमिरेटले समेत तेस्रो चरणको खोप परिक्षणका लागि अनुमति दिएका छन् । ती देशका चिनियाँ कम्पनीले निर्माण गरिरहेको खोप परिक्षण भइरहेको छ ।

यस्तै संयुक्त अरब इमिरेटको स्वास्थ्यसम्बन्धी निकायले समेत चिनियाँ खोप अत्यावश्यक परेको अवस्थामा दगाउन सकिने गरी अनुमति दिएको छ ।

गल्फ न्यूजले जनाएअनुसार अग्रपंक्तिमा खटिएका कामदार, स्वास्थ्यकर्मी तथा स्वास्थ्य जोखिममा परेकाका लागि खोप लगाउन सकिनेछ ।

चीनको सिनोफर्म अन्तर्गत रहेको चाइना नेशनल बायोटेक ग्रुपले उत्पादन गरेको खोपको तेस्रो चरणको परिक्षण संयुक्त अरब

इमिरेटलगायतका विभिन्न १० देशका भइरहेको छ । उक्त खोप अत्यावश्यक अवस्थामा रहेका जो कोहीलाई पनि प्रयोग गर्न सकिने गरी अनुमति दिइएको छ ।

संयुक्त अरब इमिरेटमा मात्रै झण्डै १५ हजारमा तेस्रो चरणको खोपको परिक्षण भइरहेको छ । संयुक्त अरब इमिरेटमा गरिएको तेस्रो चरणको परिक्षणको नतिजा समेत सकारात्मक आएको छ ।

सो देशको कोभिड १९ क्लिनिकल म्याजेनमेन्ट कमिटिका प्रमुख डा नवल अल काबीले भने – हामीले असाध्यै राम्रो नतिजा हासिल गरेका छौ । यसबाट हामी उत्साहित छौ । खोपले असाध्यै सफलताका साथ एन्टीबडी बनाएको छ र कोरोना भाइरसको संक्रमणको गतिलाई समेत कम गरिदिएको छ ।

खोपका कारण रोग प्रतिरोधी क्षमताका वृद्धि भयो वा भएन भन्ने बारेमा आम मानिसको चासो रहेको सन्दर्भमा सो देशका स्वास्थ्य अधिकारीको सामूहिक भनाइ छ – केही सकारात्मक नजिता हासिल भएका छन् । जसले खोपको प्रयोगमा समेत ठूलो प्रभाव पारेको छ । एजेन्सीको सहयोगमा


पुष्प दुलाल