सन्‌राइज बैंक र आईएमई मोटर्स प्रालिबीच कर्जा सवारी कर्जा सम्बन्धी सम्झौता



काठमाडौं । सन्‌राइज बैंक र आईएमई समूहद्वारा संचालित नेपालका लागि अशोक लेल्याण्ड ब्राण्डका विभिन्न सवारी साधनको आधिकारिक बिक्रेता आईएमई मोटर्स प्राइभेट लिमिटेडबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता आइएमई मोटर्सद्वारा वितरित सवारी साधन खरिद गर्नका लागि सन्राइज बैंकबाट कर्जा प्रवाह गर्ने सहमतिमा हस्ताक्षर भएको हो ।

उक्त सहमतिपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आई एम ई मोटर्सका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले हस्ताक्षर गरेका हुन् ।

ग्राहकहरुले उक्त सवारी साधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशत सम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ । कर्जाको मासिक किस्ता ईएमआईको आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । कर्जा बैंकले ३ कार्य दिन भित्र उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।


क्लिकमान्डु