तपाई पनि सेकेन्डह्याण्ड स्मार्टफोन किन्ने हो ?



फेञ्च उद्यमी, थिवीउ हग डे लाराउजले आफ्नो ल्यापटपमा हेरे र किबोर्डमा केही टाइप गरे ।

‘आज हामीसँग बिक्रीका लागि २ लाख वटा स्मार्टफोन छन्,’ उनले भने, ‘यी सबै नयाँ होइनन, सबै सेकेन्ड ह्यान्ड स्मार्टफोन हुन् । ‘

स्मार्टफोन बिग्रिएपछि मर्मत गरिन्छ । र, एउटा मापदण्ड पूरा गरेपछि सेकेन्ड हयान्ड बजारमा पठाइन्छ । अनि ती स्मार्ट फोन १ वर्षको वारेन्टीमा बिक्री हुन्छन् । यी सामानका लागि युरोप र अमेरिकी बजारमा ठूलो माग छ ।

उनको कम्पनीको वेवसाइटमा कफी मेकरदेखि ल्यापटप र आइकनसम्म बिक्रीमा छन् ।

६ वर्षअघि स्थापना भएको उनको कम्पनीमा हग डे लाराउज र २ जना पार्टनर छन् । उनको कम्पनी ‘ब्याक मार्केट’ आफै रिफर्निस गर्दैन । तर अन्य कम्पनीका सामान बिक्रीका लागि प्लेटफर्म बनिदिन्छ ।

उनको कम्पनी जस्तै अन्य धेरै कम्पनीहरु छन् । जसले इलेक्ट्रोनिक्स सामानको रिफर्बिस्ड बजारमा तहल्का मच्चाइ रहेका छन् ।

लाराउज कम्पनीका सह संस्थापकसँगै सीईओ समेत हुन् । काउन्टर प्वाइन्ट रिसर्चका अनुसार उनको कम्पनीले गत वर्ष मात्रै १३७ मिलियन बराबरतो प्रयोग भइसकेका स्मार्टफोन अमेरिका र युरोपमा बिक्री गरेको थियो ।

काउन्टरप्वाइन्ट रिसर्चका प्रमुख जेफ फिल्डह्याकले प्रयोग भइसकेका स्मार्टफोनको बिक्री अन्य स्मार्टफोनको तुलनामा १० प्रतिशत छ ।

तर यस्तै प्रयोग भइसकेका स्मार्टफोनमा किन मानिसहरुको आकर्षण छ त ? मानिसहरुमा किन ब्रान्डेड डिभाइस सस्तो मूल्यमा किन खरिद नगर्ने भन्ने सोच छ ।

ठूला बान्ड एप्पल, सामसुङ, हुवावेलगायतका स्मार्टफोनको शुरुवाती मूल्य महंगो पर्छ । एप्पलको नयाँ मोबाइल खरिद गर्न पनि कम्तीमा १००० डलर पर्छ ।

तर बजारमा लञ्च भएको केही महिनामै यस्ता फोनहरु सेकेन्ड ह्यान्ड मार्केटमा आइपुग्छन् । कम्पनीहरुले नयाँ मोबाइल पनि १५ प्रतिशतसम्म सस्तोमा बिक्री गरिरहेका हुन्छन् । २ वर्षपछि त मूल्य ५० प्रतिशत कम भइसक्छ ।

ब्याक मार्कोट फोनमा तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका हुन्छन् ।

‘लामो समयदेखिको अनुभव हेर्दा आइफोनको क्वालिटी राम्रो छ । अहिले ३÷४ पछि अघिका नयाँ आइफोन ३÷४ डलरमा पाइन्छ,’ फिल्डह्याकले भने ।

केही वर्षअघिसम्म यस्ता स्मार्टफोन ईबे जस्ता बजारमा पनि बिक्री हुन्थो । त्यो बेलामा खरिदकर्तालाई डिभाइसबारे जानकार हुन्थेन भने वारेन्टी पनि हुँदैनथ्यो । तर अहिले कम्पनीले भने यी सबै कुरामा ध्यान दिएको छ ।

कम्पनीले सामान मन नपरे वा बिग्रिएमा फिर्ता पनि लिन्छ । तर समस्या यस्ता सामान बिक्रीपछि को हुन जान्छ । केही सामान बिग्रिएपछि ओरिजिनल सामान पाउन गाह्रो हुन्छ ।

यद्यपि यस्ता स्मार्टफोनको बजार भने निकै ठूलो र बिस्तार हुँदै गएको छ । मंहगा र ब्रान्डेर फोन प्रयोग भइसकेपछि पनि विश्वासका कारण लामो समयसम्म टिकाउ हुन्छन् ।

यस्ता स्मार्टफोनमध्ये ४० प्रतिशत त आइनफोनकै बोलबाला छ । धेरै मानिसहरु अन्य कम्पनीको नयाँ मोबाइल खरिद गर्नुको साटो सेकेन्डह्यान्ड आइफोन खरिद गर्न रुचाउँछन् ।


पुष्प दुलाल