सहारा विकास बैंकको सेयर कारोबार रोक्का



काठमाडौं । गरिमा विकास बैंक र सहारा विकास बैंक आपसमा एक्विजिशनमा जाने भएका छन् ।

दुवै बैंक आपसमा एक्विजिशनमा जानको लागि सहमति पत्रमा हस्ताक्षर समेत भइसकेको छ । एक्विजिशनमा जाने भएपछि सहारा विकास बैंकको सेयर कारोबार समेत रोक्का भएको छ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने-गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धि विनियमावली २०७३ को विनियम ६ (१) बमोजिम सहारा विकास बैंकको सेयर कारोबार असोज १८ गतेबाट रोक्क भएको नेप्सेले जनाएको छ ।


क्लिकमान्डु