एक सातामै बैंकहरुले गरे २५ अर्ब कर्जा प्रवाह



काठमाडौं । बैंकहरुले एक सातामै २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले भदौ मसान्तयता असोज ९ गतेसम्म २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको हुन् ।

भदौ मसान्तसम्म बैंकहरुले २९ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार असोज ९ गतेसम्म बैंकहरुको कर्जा प्रवाह २५ अर्ब रुपैयाँले बढेर २९ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । असोज २ गतेसम्म बैंकहरुले २९ खर्ब १३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यसैगरी, उक्त अवधिमा बैंकहरुमा निक्षेप संकलन ३७ अर्ब रुपैयाँले बढेको छ । भदौ मसान्तसम्म बैंकहरुले ३४ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । असोज ९ गतेसम्ममा बैंकहरुले निक्षेप संकलन ३७ अर्ब रुपैयाँले बढाएर ३५ खर्ब ३२ अर्ब रुपैयाँ पुर्याएका छन् । असोजको २ गतेसम्म बैंकहरुले ३४ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको संघको तथ्यांकमा उल्लेख छ ।


क्लिकमान्डु