पीसीएएफको स्टिअरिङ कमिटिमा एनओएको प्रतिनिधिका रुपमा एनएमबि बैंक समावेश



काठमाडौं । पार्टनरसिप फर कार्बन काउन्टिङ फाइनान्सियल (पीसीएएफ)को स्टिअरिङ कमिटिमा एनओएको प्रतिनिधिका रुपमा एनएमबि बैंकलाई समावेश गरेको छ ।

पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी हो । जुन उनीहरूको कर्जा÷लगानीसँग सम्बन्धित ग्रीनहाउस ग्यास (जीएचजी) उत्सर्जनको आँकलन गर्न र खुलासा गर्न एक सामंजस्यपूर्ण दृष्टिकोणको विकास र कार्यान्वयन गर्न सहकार्य गर्दछ ।

कार्बन लेखा वित्तीय साझेदार कर्जा र लगानीले फाइनान्स गरेको ग्रीन हाउस ग्यास उत्सर्जन मापन गरी प्रस्तुत गर्न उद्योगको नेतृत्वमा संस्थागत सम्पत्तिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गठबन्धनसँग मिलेर काम गर्न तथा सहभागितालाई सुदृढ र बिस्तार गर्ने प्रयास गरेको छ ।

पीसीएएफ द्रुत रुपमा विकसित हु“दैछ । गत सेप्टेम्बरमा यसको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियनभन्दा बढी सम्पत्ति भएकोमा ५० वित्तीय संस्थाबाट शुरु भएको यो पहल ७५ वित्तीय संस्थामाझ पुगेको छ एनएमबि बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । जसको १२ ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पत्ति पुगेको छ ।

वित्तीय सम्पत्तिको कार्बन लेखाका अग्रगामीद्वारा स्थापित यस उभो पहलले हालसालै ठूला वित्तीय संस्थामा नट वेष्ट समूह (बेलायत, पहिले स्कटल्याण्डको रोयल बैंकको रुपमा चिनिन्थ्यो), इन्भेष्टेक (दक्षिण अफ्रीका), बान्को ब्राडेस्को (ब्राजिल), ग्रुपो बानकोलम्बिया (कोलम्बिया), एक्सेस बैंक (नाईजेरिया), मोर्गन स्टानले (युएस), सिटी (युएस), बैंक अफ अमेरिका (युएस), एनएन समूह (नेदरल्याण्ड्स) र डान्सके बैंक (डेनमार्क) छन् ।

पीसीएएफको स्टिअरिङ कमिटिको विस्तार गर्दा यसले मूल्य र मान्यतामा आधारित बैंकिङको जग निर्माण गर्न, एशियाबाट प्रमुख प्रतिनिधि थप्न र यसको विश्वव्यापी र विविध प्रकृतिलाई अझ विशेष गरी संस्थागत लगानीकर्ताको दृष्टिकोणबाट सुदृढ पार्न अनुमति दिन्छ ।

पीसीएएफले अब नेट जिरो एसेट ओनर अलाइन्स (एओए)सँग सहकार्य गरिरहेको छ । एओएका प्रतिनिधिलाई यसको स्टिअरिङ कमिटिमा समावेश गरेको छ र नेपालबाट एनएमबि बैंकलाई यसको नेतृत्व गर्न स्वागत गरेको छ ।

स्टिअरिङ कमिटि जसले अब बिस्तारको आशा नगरी अब एएनबी, अम्रो, अमालगामेटेड बैंक, एएसएन बैंक, ग्लोवल अलायन्स फर भ्यालु बेस्ड बैंकिङ (जीएबीभी), ट्राइओड्स बैंक, मोर्गन स्टान्ले, द नेट शुन्य सम्पत्ति मालिक अलायन्स (नोर्दिया लाईफ र पेन्सनको प्रतिनिधि) र एनएमबी बैंक सबै प्रकारका वित्तीय संस्था र विश्वव्यापी उपस्थितिलाई प्रतिविम्बित गर्दै, पूर्ण स्टिअरिङ कमिटि कार्बन अकाउन्टिङ फाइनान्सियलको थप विकासको नेतृत्व गर्न र कोप २६ भन्दा अघि पहल बढाउन उत्साहित छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने, ‘विश्वव्यापी तापक्रम वृद्घिलाई सुरक्षित सीमाभित्र राख्नु हामी सबैका लागि महत्वपूर्ण छ, तर यो विशेष गरी एशियाका देशहरुमा प्रासंगिक छ जुन चरम मौसम घटनाहरु र समुद्री सतहको बढ्दो जोखिममा छन् । हामी अग्रगामी पहलको हिस्सा हुन पाउ“दा खुसी छौं जसले वित्तीय संस्थालाई हाम्रो समयको सबभन्दा ठूलो चुनौतीलाई सम्बोधन गर्न उनीहरुको भूमिका खेल्न सहयोग गर्दछ ।’

सेप्टेम्बर २०१६ मा, कार्बन अकाउन्टिङ फाइनान्सियल (पीसीएएफ) को साझेदारी विश्वव्यापी रूपमा शुरू भएको र हाल पीसीएएफ पहलमा ७५ बैंक र लगानीकर्ताले सदस्यता लिएको बैंकको भनाइ छ ।

पीसीएएफ विभिन्न संस्थाहरूसँग मिलेर काम गर्दछन् उनीहरूको कर्जा र लगानीको ग्रीनहाउस उत्सर्जन मापन गर्न र खुलाउन वित्तीय उद्योगको लागि ग्लोवल कार्बन अकाउन्टिङ फाइनान्सियल हो ।


क्लिकमान्डु