चिनियाँ कामदार नआउँदा विमानस्थलदेखि जलविद्युत् आयोजनाको काम १ वर्षसम्म पर धकेलियो



काठमाडौं । कोरोना कारण चिनियाँ कामदार आउन नपाउँदा देशभर निर्माणाधिन ठूला पूर्वाधार आयोजनाको काम लामो समयदेखि रोकिएको छ ।

सरकारी तथा निजी क्षेत्रका लगानीका ठूला आयोजनाहरु गत चैतदेखि नै रोकिएको छ । ती आयोजना पुनः सञ्चालनका लागि सरकारले पहल गरेको बताएपनि परिणाम भने देखिएको छैन ।

भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल चिनियाँ कामदार नआएका कारण काम भइरहेको भएपनि गति लिन सकेको छैन ।

यस्तै देशभित्र हालसम्मकै ठूलो ढल्केबर सवस्टेशनको काम समेत चिनियाँ कामदार नभएका कारण रोकिएको छ ।
चैत ११ गतेदेखि गरिएको लकडाउनको बीचमा पनि भैरहवा विमानस्थलको काम पूर्ण रुपमा रोकिएन ।

लकडाउन र निषेधाज्ञाका बीचमा झण्डै ४ प्रतिशत भौतिक प्रगति भएको छ । सो विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको भएपनि चीनबाट ३५ जना दक्ष जनशक्ति नआउँदा लागत र समय दुवै बढ्न गएको छ ।

आयोजना सम्पन्न भएको घोषणा गर्नु अघि केही उपकरण जडान र केही फिनिसिङको काम बााँकी छ । हाल आयोजनाको भौतिक प्रगति ९३ प्रतिशत भएको बताइएको छ ।

आयोजनाका अनुसार ३५ जना चिनियाँ दक्ष कामदार नहुँदा काम कहिले सकन्छि भन्नेमा कुनै टुंगो देखिदैन । एसी जडान, धावनमार्गको लाइटिङ र टर्मिनल भवनमा अन्य उपकरण जडानको काम बाँकी छ ।

विदुतीय उपकरण जडानका लागि नेपाली प्राविधिकले नजानेका कारण चिनियाँ कामदार प्रतिक्षा गर्नुको विकल्प नभएको बताइन्छ ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान हुन नसक्दा चीनबाट कामदार आउन नसकेकाले नेपाली दूतावासको पहलमा कामदार ल्याउने तयारी भइरहेको छ ।

उनीहरुको प्रवेशाज्ञा तथा अनुमतिका लागि बल्ल पहल शुरु भएको छ । समयमै सरकारको तर्फबाट चिनियाँ कामदार ल्याउन पहल भएको भए सायद भैरहवासिथ्त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भइसक्ने थियो ।

यस्तै कोरोना महामारीको समयमा नै निर्माण नरोकिएको अर्को आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हो । सो विमानस्थलको हाल भौतिक निर्माण ६४ प्रतिशत पूरा भएको छ ।

चिनियाँ कामदार तथा उपकरण आउन नसक्दा सो आयोजना समेत प्रभावमा परेको छ । आयोजनाले रसुवागढी भन्सार नाका र कोलकाता बन्दरगाह हुँदै सामान ल्याउने गरी आवश्यक पहल गरिरहेको छ ।

नयाँ वर्ष मनाउन चीन गएका कामदार नफर्केपनि भएका कामदार तथा नेपाली कामदारलाई प्रयोग गरेर आयोजनाको कामलाई गति दिइएको हो ।

चिनियाँ कामदार तथा उपकरण आउन नसक्दा सो आयोजना समेत प्रभावमा परेको छ । आयोजनाले रसुवागढी भन्सार नाका र कोलकाता बन्दरगाह हुँदै सामान ल्याउने गरी आवश्यक पहल गरिरहेको छ ।

आयोजना प्रमुख विनश मुनकर्मीका अनुसार काम नरोकिएको भएपनि सोचेअनुसारको प्रगति हुन भने कामदारको अभाव भएको छ ।

विमानस्थल निर्माणका लागि आवश्यक निर्माण सामग्री रसुवागढी भन्सार नाका र कोलकाता बन्दरगाहबाट ल्याउनका लागि पहल भएको र कन्टेनर पालो कुरेर बसीरहेको छ ।

पालो आउने बित्तिकै निर्माण स्थलमा सामान आइपुग्छ र कामले गति लिन्छ भन्नेमा आयोजना ढुक्क रहेको छ ।

पोखरा विमानस्थलको भौतिक निर्माणको काम करिब करिब पूरा भएको छ । अन्य प्राविधिक काम भने बाँकी छ । त्यसका लाथि थप जनशक्ति र निर्माण सामग्रीको जरुरत पर्दछ ।

चिनियाँ नयाँ वर्ष मनाउन चीन गएका कादार कोरोनाका कारण आउन पाएनन् । आयोजना स्थलमा रहेका २४४ कामदारबाट काम गरिराखिएको छ ।

कोलकाताबाट आउने सामान फिट गर्ने प्रयोजनका लागि चिनियाँ दक्ष जनशक्ति नै चाहिने छ । चीन गएका कादार ल्याउनका लागि आयोजना र निर्माण व्यवसायीले पहल गरिरहेको बताइन्छ ।

आयोजना चिनियाँ कम्पनी सिएएमसीईले निर्माण गरिरहेको छ ।

कामदार र निर्माण सामग्री भएको भए सो आयोजनाको काम हाल झण्डै ७५ प्रतिशतको हाराहारीमा सम्पन्न भइसक्ने थियो ।

यस्तै देशको सबैभन्दा ठूलो ढल्केबर सवस्टेशन सञ्चालनका लागि आवश्यक पर्ने दक्ष जनशक्ति समेत उतै चीनमा नै रोकिएका छन् ।

निर्माण सम्पन्न भएपनि आवश्यक परिक्षण तथा केही मेशिन जडानका लागि चिनियाँ कामदार नै आवश्यक पर्ने भएकाले सो आयोजना यतिखेर चुपचाप अवस्थामा रहेको छ ।

निर्माण सम्पन्न भएपनि आवश्यक परिक्षण तथा केही मेशिन जडानका लागि चिनियाँ कामदार नै आवश्यक पर्ने भएकाले सो आयोजना यतिखेर चुपचाप अवस्थामा रहेको छ ।

आयोजनाको गत जेठ मसान्तमा नै सञ्चालनमा ल्याउने तयारी गरिएको थियो । निर्माण सम्पन्न भइसकेको आयोजनालाई सञ्चालनका लागि ऊर्जा मन्त्रालयले पहल गरेको बताएपनि हालसम्म ठोस प्रगति भने हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय उडान पनि शुरु भएकाले ऊर्जा मनत्रालयले परराष्ट्र मन्त्रालय मार्फच चिनियाँ कामदार ल्याउन पहल गरेको बताइन्छ । यस्तो पहल भएको भनिएको पनि झण्डै २ महिना हुन लागेपनि हालसम्म प्रगति हुन सकेको छैन ।

यस्तै कामदारको अभावमा झण्डै ३ महिनादेखि चिनियाँ लगानीको हुवासिन सिमेन्ट उद्योग निर्माण कार्य समेत ठप्प रहेको छ ।

धादिङको बेनिघाट रोराङमा बहुर्राष्ट्रिय कम्पनी हुवासिन सिमेन्टले निर्माण गर्न लगेको राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा कोरोनाका कारण कामदार अभाव भएपछि झण्डै ३ महिनादेखि निर्माण पूर्णरुपमा ठप्प भएको हो ।

उद्योगमा कार्यरत चिनियाँ कामदार केही चीनमा नै रहेको र उद्योग निर्माणस्थलमा रहेका कामदारसमेत क्रमशः स्वदेश फर्केपछि निर्माण कार्यमात्रै प्रभावित भएको छैन, तोकिएको समयमा उद्योग सञ्चालनमा आउनेमा समेत आशंका पैदा भएको छ ।

कामदार अभावका कारण निर्माण कार्य पूर्णरूपमा ठप्प भएको छ । सो उद्योगमा कार्यरत चिनियाँ कामदार फर्केपछि उद्योग निर्माण ठप्प भएको छ ।

बढ्दो कोरोना संक्रमणको सन्त्रासका कारण प्राविधिकसहितका दक्ष ३०० चिनियाँ र ६०० नेपाली कामदार घर फर्केपछि उद्योगको काम रोकिएको हो ।

सो उद्योगमा नेपाली र चिनियाँ गरी कूल १ हजार कामदार कार्यरत थिए । उद्योगको काम रोकिँदा स्थानीयले समेत रोजगारी गुमाएका छन् ।

केही समय अघिसम्म निक्कै चहलपहल हुने बेनिघाट रोराङ–२ ताल्दी अहिले प्रायः सुनसान बनेको छ ।

उद्योगमा कार्यरत चिनियाँ कामदार केही चीनमा नै रहेको र उद्योग निर्माणस्थलमा रहेका कामदारसमेत क्रमशः स्वदेश फर्केपछि निर्माण कार्यमात्रै प्रभावित भएको छैन, तोकिएको समयमा उद्योग सञ्चालनमा आउनेमा समेत आशंका पैदा भएको छ ।

व्यवसायका लागि उद्योग वरिपरि स्थानीयले खोलेका पसल तथा होटेलमा ग्राहक आउन छाडेपछि स्थानीयसमेत आफ्नो लगानी डुब्ने त्रासमा रहेको उद्योगले जनाएको छ ।

कम्पनीले आफ्ना प्राविधिकसहित कामदार नेपाल आउन तयार रहे पनि कोरोनाका कारण नेपाल सरकारले विदेशी कामदार ल्याउन अनुमति दिएको छैन ।

कम्पनीका आयोजना विकास म्यानेजर डिल्लीराज पोख्रेलले यथासक्य छिटो चिनियाँ प्रविधिकसहितको टोली ल्याउन पहल भइरहेको जानकारी दिए । उनले चिनियाँ कामदार ल्याउनका लागि आवश्यक सहजीकरण गरिदिन सरकारसँग आग्रहसमेत गरे ।

उनले उद्योग परिसरमा कोरोना नियन्त्रणका सबै स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरिएका कारण जोखिम नरहेको बताए ।

उद्योगको भौतिक काम ५० प्रतिशतभन्दा बढी सकिएको छ । उता बेनिघाट रोराङ गाँउपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले उद्योगको काम रोकिँदा स्थानीयले पनि रोजगारीको अवसर गुमाएको र राजस्व संकलनमा समेत ठूलो असर परेकाले उद्योगको काम सुचारु गर्न आवश्यक सहजीकरण गरिदिन केन्द्र सरकारसँग आग्रह गरे ।

हुवासिनले विभिन्न २५ भन्दा बढी मुलुकमा सिमेन्ट उत्पादन गर्दै आएको छ । हुवासिनले करिब चार वर्ष अघि बेनिघाट रोराङ–२ मा रहेको चुनढुंगा खानी रु ६० करोड तिरेर भाडामा लिएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । हुवासिनले दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने अनुमति प्राप्त गरेको छ ।

लगानी बोर्डले सहजीकरण गरेको सो उद्योग होङ्सी शिवम् पछिको ठूलो विदेशी लगानी हो । उद्योगमा १५ अर्ब लगानी रहेको छ । उद्योगमा चिनियाँ लगानीका अतिरिक्त नेपाली व्यवसायी सुरज वैद्यको समेत लगानी रहेको छ ।

निजी क्षेत्रले निर्माण गरिरहेका विभिन्न जलविद्युत् आयोजनामा समेत चिनियाँ कामदारको अभावमा निर्माण प्रभावित भएको छ ।

सरकारी लगानीका रसुवागढी, साञ्जेन तथा माथिल्लो साञ्जेनमा समेत चिनियाँ कामदारको अभावमा काम प्रभावित भएको छ ।

रसुवागढीमा नयाँ वर्ष मनाउन गएका चिनियाँ कामदार नफर्किदा आयोजना नै प्रभावित भएको बताइन्छ ।

साञ्जेनमा इलेक्ट्रोमेकानिकल उपकरण ल्याउन चिनियाँ ठेकेदार समेत बेपत्ता भएको छ । कोरोनाका कारण कुनै सम्पर्क नभएको ठेकेदारका कारण आयोजनाको लागत र समय समेत बढ्दै गएको छ ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका प्रसारण लाइन तथा अन्य सवस्टेशनको काम समेत कामदारको अभावमा रोकिएको छ ।

यस्तै, नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका प्रसारण लाइन तथा अन्य सवस्टेशनको काम समेत कामदारको अभावमा रोकिएको छ ।

कामदार नहुँदा आयोजनाको लागत बढ्ने र अपेक्षित लक्ष्य समेत पूरा नहुने सन्त्राष बढेर गएको छ । समस्या समाधानका लागि सरकारको तर्फबाट ठोस प्रगति हुन सकेको छैन ।
यस्तै राष्ट्रिय गौरवको भनिएको माथिल्लो तामाकोशी आयोजनाको परामर्शदाता समेत कोरोनाका कारण नेपाल आउन नसक्दा समस्या देखिएको छ ।

झण्डै ९९.६ प्रतिशत भौतिक प्रगति भएको भनिएको सो आयोजनाको केही निर्माण सामग्री अझै पनि कोलकातामा नै रहेको छ ।

निर्माण सामग्री तथा कामको प्रगतिको बारेमा स्वीकृति दिने परामर्शदाता नहुँदा आयोजना अगाडि बढ्न सकेको छैन । जटिल मानिएको २ वटा ठाडो सुरुङमा पाइज जडान भएको भएपनि अन्य काम प्रभावित भएको छ ।

२ वटा ठूला फलामका पाइप नआइपुग्दा आयोजनाको लागत र समय समेत बढ्दै गएको छ । प्राधिकरणमा नेतृत्व बिहिन हुनु तथा सरोकारवाला पक्षले ध्यान नदिा आयोजना सम्पन्न हुन अझै केही समय लाग्ने देखिएको छ । थपिएको समय अनुसार आगामी कात्तिक मसान्तसम्ममा पहिलो यूनिट सञ्चालनमा ल्याउने भनिएपनि निर्माण सामग्री तथा परामर्शदाता तथा कामदार नहुँदा आयोजना पर धकेलिने अवस्था आएको हो ।

निजी क्षेत्रका निर्माणाधिन ३ हजार मेगावाटका आयोजना मध्ये नेपाली ठेकेदारले निर्माण गरिरहेका केही आयोजनामा काम भएको भएपनि विदेशी ठेकेदार रहेका आयोजनामा भने अन्य आयोजनामा जस्तै समस्या रहेको छ ।

समस्या समाधानका लागि आयोजनाले ऊर्जा मन्त्रालयलाई आग्रह गरेको भएपनि हालसम्म प्रगति हुन सकेको छैन । यस्तै, सोही आयोजनाको विद्युत् जोड्ने न्यू खिम्ती सवस्टेशनको काम समेत कोरोनाका कारण कामदार अभाव हुँदा अन्तिम चरणमा पुगेर पनि रोकिएको छ ।

यस्तै निजी क्षेत्रका निर्माणाधिन ३ हजार मेगावाटका आयोजना मध्ये नेपाली ठेकेदारले निर्माण गरिरहेका केही आयोजनामा काम भएको भएपनि विदेशी ठेकेदार रहेका आयोजनामा भने अन्य आयोजनामा जस्तै समस्या रहेको छ ।

काम गरिरहेका कामदारले समेत घर जान पाउँ भन्दै छुट्टी मागेको र फर्केर आउने सम्भावना असाध्यै कम रहेको छ । एक निजी ऊर्जा प्रवद्र्धकले भने ‘ कोरोनाका कारण काम गरिरहेका कामदारले समेत घर जान पाउँ भन्दै बिदा माग्न थालेका छन् । उनीहरु कोही स्वदेशी छन् भने कोही विदेशी छन् ।’

कामदारलाई टिकाएर राख्न समस्या परेको छ । माथिल्लो तामाकोशीका कार्यरत नेपाली कामदारले समेत घर जान खोजेका छन् ।

कोरोनाका कारण निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको छ । रणनीतिक महत्वका सडक तथा विकास आयोजनामा परेको प्रभाव न्युनीकरण गर्दै कामदार ल्याउन सरकारको तर्फबाट कुनै पहल नभएको सरोकारवालाले गुनासो गरेको छन् ।


पुष्प दुलाल