दशैंको अवसरमा सानिमा बैंकले निःशुल्क क्रेडिट कार्ड दिने, दराजबाट सपिङ गर्दा छुट पनि पाइने



काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ । सानिमा बैंकले ‘यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित उक्त योजना सार्वजनिक गरेको हो ।

यो योजना असोज १२ गतेदेखि असोज मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुने बैंकले जनाएको छ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिनेछ ।

यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाइन सपिङ पोर्टल दराजमा ३ हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा ५ सय रुपैयाँको निःशुल्क भौचर समेत प्राप्त गर्न सक्नेछन् ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ बिस्तारित काउन्टर र ८१ वटा एटीएम सञ्चालनमा छन् । साथै, सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, होटेल, रेष्टुराँआदिमा विशेष छुटको व्यवस्था रहेको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु